कस्मिक लबको गीत रेकर्डिङ

२०७५ जेष्ठ २८, सोमबार १६:५२ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

चलचित्र कस्मिक लबको माया तिमीलाई बोलको गीत रेकर्डिंग भइरहेको छ।  गीतमा बाबुल गिरि  र  मिलन अमात्यको स्वर रहेको छ भने,संगीत पनि बाबुल गिरिकै रहेको छ।  शब्द दिनेश सुबेदीको रहेको छ।

चलचित्रमा अभिनेताद्वय प्रशान्त ताम्राकार, अर्पण थापा र अभिनेत्री दिया मास्के पहिलो पटक एकसाथ देखिने भएका छन् ।

जय गौतमले निर्माण गर्ने उक्त चलचित्र ‘कस्मिक लभ’मा यी तिन कलाकारहरु फाईनल भएका छन् ।

मुभी मेकर्सको ब्यानरमा निर्माण तथा  सुरज प्रधानको प्रस्तुति रहने चलचित्रका अन्य कलाकारहरु भने फाईनल हुन बाँकी रहेको जानकारी बाहिरीएको छ।  शंखर अधिकारीले निर्देशन गर्ने चलचित्रमा डी . एन. दाहाल कार्यकारी निर्माताको रुपमा रहनेछन ।

यहि असारको ११  गतेबाट छायांकन सुरु हुन लागेको चलचित्रलाई सुरेश बज्राचार्यले छायांकन गर्दैछन्  भने कोरियोग्राफीमा कविराज गहतराज र रामजी लामिछाने रहनेछन। शेखर ज्ञावालीको कथा रहेको चलचित्रमा बाबु साहेबको द्वन्द्व रहने छ

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय