सत्ताको मातमा पत्रकार धम्काउने ? गगन थापा

२०७५ जेष्ठ २८, सोमबार १०:०१ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापाले सांसद नबिना लामालाई सांसद भएर सत्ताको मात चढेको संज्ञा दिएका छन् । पत्रकारलाई गुन्डा लगाएर धम्काएको बिषयमा सांसद गगन थापाले नबिना लामालाई सांसदले सत्ताको आडमा जे पनि गर्ने अधिकार नभएको बताएका छन् ।

सांसद थापाले भने‘माननीय नविना लामाले पत्रकारलाई गुण्डा लगाएर धम्क्याएको सुन्नमा आएको छ।

यो एउटा सांसदले गर्न त के सोच्नसक्ने विषय पनि होइन। सांसद भइसकेपछि संविधान, कानूनी प्रक्रिया र लोकतान्त्रिक विधिलाई ख्याल गर्नुपर्छ। समाचारमा चित्त नबुझे वैधानिक बाटोबाट समाधान खोज्न सकिन्छ’, उनले भने– ‘सत्ताको मातमा यसरी सिधै पत्रकार धम्याउनु ठिक होइन। म उहाँलाई पदको मर्यादा कायम राख्न भन्छु। कुनैपनि सांसदले सत्ताको आडमा कानूनविपरित हिड्ने, जे पनि गर्ने अधिकार छैन्।’

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध नबोलेको भन्दै नविनाको चर्को आलोचना भएपछि हाम्रा कुरा डटकम अनलाइनले समाचार प्रकाशित गरेको थियो। उक्त समाचारको विषयलाई लिएर नविनाले हाम्रा कुराको कार्यालयमै अनेरास्ववियुमा आबद्ध केही गुण्डा पठाएर धम्की दिएकी थिइन्। उनले समाचार नहटाए ठिक नहुने चेतावनी दिएकी छिन्। जसको पत्रकार महासंघले पनि निन्दा गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय