डाक्टर केशव शर्माको सपना हजार बजारमा

२०७५ जेष्ठ २८, सोमबार ०५:२५ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

डाक्टर केशव शर्माको पहिलो गित गजल एल्बम सपना हजारको अडियो संगै तीनवटा भीडीयो सार्वजनिक भएको छ ।

एल्बममा ७ वटा गित तथा गजल संग्रहीत छन् । प्रवासमा बस्दै आएका डाक्टर केशव शर्मा लामो समय देखि साहित्य क्षेत्रमा समेत सक्रिय छन् । पेशाले सिभिल ईन्जीनीयर रहेका डाक्टर केशव शर्माको एकल शब्द रहेको सपना हजारमा संतोष श्रेष्ठको एकल संगित रहेको छ । सपना हजार एल्बममा नेपालका चर्चित गायक गायिकाको स्वर रहेको छ ।

शिव परियार ,मनोजराज ,निशा देशार ,विश्व नेपाली ,मेलीना राई ,संजीवनी राज सिग्देल ,ईन्दु बानीया र सि डी बिजय अधिकारीको स्वर सुन्न सकिन्छ सपना हजार एल्बमका गितहरुमा ।

शनिबार सार्वजनिक गरीएको सपना हजार एल्बममा समाबेश शिर्ष गित सपना हजार,पर्देन फरक र रुझेका परेली गितको भीडीयो पनि सार्वजनिक गरीयो ।

तिनैवटा भीडीयोलाई नानी थापाले निर्देशन गरेकी छन् भने अभिनयमा समेत नानी थापाले अब्बलता देखाउकी छन् । नानी थापासंगै कमल कोईराला लगाइतको अभिनय भिडियोमा देख्न सकिन्छ ।

गितक भिडियोाहरु सकरात्मक टीभी युट्युव च्यानलमा हेर्न सकिनेछ । हाल अष्ट्रेलियाको ब्रीस्बेनमा बस्दै आएका लेखक डाक्टर केशव शर्माले आफ्नो लागि गित लेख्नु निकै चुनौती रहेको बताए ।

 

साहित्यकार तुल्सी दिवस ,मोमीला जोशी संगितकार राजु सिंह ,गितकार डक्टर कृष्णहरि बराल लगाएतले सपना हजार एल्बमको सफलताको लागि शुभकामना प्रदान गरे । सपना हजार एल्बममा संगितकार संतोष श्रेष्ठको बाईसौ एकल संगित हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय