यो माया कस्तो माया’को पहिलो रोमान्टिक गीत रिलिज

२०७५ जेष्ठ २६, शनिबार १६:३३ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

किसान पोखरेलको प्रस्तुति  SKN सिनेमा प्रा.ली.को ब्यानरमा निर्माण भएको चलचित्र ‘यो माया कस्तो माया’को पहिलो रोमान्टिक गीत रिलिज भएको छ ।

सार्वजनिक गीतमा गायक तथा भिजे फिरोज बस्नेत र सर्वाधिक चर्चित गायिका अन्जु पन्तको स्वर रहेको छ भने गीतलाई शब्द रचना तथा संगीत भरेका छ्न गायक तथा संगीतकार अर्जुन पोखरेलले ।

गीतको भिडियोमा चलचित्रको मुख्य कलाकार दिवश धिताल र सभ्यता गिरी फिचर  छन कोरियोग्राफर राम्जी लामिछानेको कोरियोग्राफिमा गीत निकै उत्कृष्ट बनेको छ । नायक दिवश र नायिका सभ्यता यसै चलचित्र मर्फत सिनेमा क्षेत्रमा प्रवेश गरेका छन भने उनिहरुको यो पहिलो डेब्यु चलचित्र हो ।

भुषण आनन्द ठकुरीको निर्देशनमा तयार भएको  चलचित्रको कथा लेखन समेत निर्देशक ठकुरीकै रहेको ।

चलचित्रमा अर्जुन पोख्रेलको संगीत , शंकर महर्जनको द्वन्द , कबिराज गहतराज, रामजी लामिछाने, बिक्रम लामा, र एन्जिला खत्रीको कोरियोग्राफी, अर्जुन जिसिको सम्पादन रहेको छ भने चलचित्रलाई दिब्य सुबेदीले छायाँकन छायांकन गरेका छ्न । चलचित्र काठमाडौं , दोलखा, तथा दार्जिलिङ लगाएतका स्थानहरुमा छायाँकन गरिएको छ । चलचित्रमा इन्द्र रजक र समृदि श्रेष्ठको लगानी रहेको छ ।

चलचित्रमा दिवश धिताल, सभ्यता गिरी बाहेक , ऋतु पौडेल , युबराज केशरी , सुन्दर श्रेष्ठ , लय संग्रौला, सुमित डङ्गोल, तारा केशी , तुलसा शर्मा , शंकर महर्जन , सुर्यमान गुरुङ , महेस दाहाल, रोशन दाहाल, किरण राइ, दिपेन बस्नेत, बिकास पोख्रेल, नितु कोइराला लगाएतको अभिनय रहेको छ ।

https://www.youtube.com/watch?v=4nvwi-0okWw

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय