अनमोलले बलिउडमा इन्ट्री मारेका छन् । उनले निर्माता कम्पनी वर्ल्डवाइड रेकर्ड्सँग सम्झौता गरेका छन् ।
यो समाचार भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् ।
भारतीय संचारमाध्यममा उल्लेख भएको समाचार अनमोल स्वयमले अन माई टिकेट टु बलीउड भन्दै शेयर गरेका छन् ।
चलचित्रको चाडै नै औपचारीक घोषणा गरिने चर्चा रहेको छ । मनोज चरुपमाको लेखन तथा निर्देशन रहने चलचित्र नेपाल र भारत सहित विश्वका ७४ देशमा रिलिज हुने बताइएको छ ।


