सुपरस्टार अनमोलको नखुलेको पारीश्रमीक कति होला ?

२०७५ जेष्ठ १४, सोमबार १७:३१ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

  सुपरस्टार कहलिएका युवास्टार अनमोल केसीले यसै साता दुईवटा फिल्ममा साईन गरेका छन् ।

होम प्रोजेक्ट क्याप्टेनमा अभिनय गरीरहेका नायक अनमोल केसीको क्रेज बढाउन क्रियटेड फन्डा पनि निकालीन्छ भन्ने हल्ला चलिनैरहन्छ तर अनमोल केसीको क्रेज बढ्दो छ ।

यस साता उनल्े मिलन चाम्सले निर्देशन गर्ने फिल्म र नायिकाल झरना थापाको ए मेरो हजुर २ को लागि साईन गरेका हुन ।

फिल्म छनौट गरेर मात्र अभिनय गर्ने बताउदै आएका अनमोलले क्याप्टेनको काम भैरहंदा  एकैसाता दुई फिल्ममा साईन गर्नुको कारण र पारीश्रमीकको कारण गसीपनै बनेको छ बजारमा ।

कृ फिल्मा २० लाख पारिश्रमीक लिएको भनिएको थियो भने अहिले साईन गरेको दुई फिल्ममा अनमोलले कति पारीश्रमीक लिए होलान भन्ने जिज्ञासा आउनेनै भयो । तर न निर्देशक मिलन चाम्सले खुलाए न झरना थापाले खुलाईन अनमोललाई दिएको पारीश्रमीक ।

कुटनितिक भाषा प्रयोग गरीएको छ अनमोलको पारीश्रमीकमा मिलन चाम्सले निर्देशन गर्ने फिल्ममा कृको भन्दा डबल र झरना थापको ए मेरो हजुर २ को लागि ३० लाख बढी भनेर ।

तर ठ्यक्कै कति हो भनेर भने दुबै पक्षले खुलाएका छैनन । त्यसैले अनुमाजनको भरमा गसीप चलिरहेको छ यति लाख उति लाख भनेर ।

किन आफुले दिएको र लिएको पारीश्रमीक नखुलाएको भन्ने जिज्ञासामा निर्माताहरुको जवाफ छ अरु कलाकार तथा फिल्मकर्मीलाई असर गर्छ

। हे भगवान आफुले गरेको मेहनतको पारीश्रमीक खुलाउन के सारो पसीना त्यो पनि सुपरस्टारको । केही त छ है कुरो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय