ट्रेसमी फेसन रन–वेमा दलजितका क्रियशन

२०७५ जेष्ठ १२, शनिबार १०:२१ ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

 

ताहाचलस्थित पाँचतारे होटल ‘सोल्टी क्राउन प्लाजा’ शुक्रबार फेसन हब बन्यो । साँझ ढल्दैगर्दा फेसन पारखीहरु तिल्मिदै थिए ।

जहाँ छिपिँदो रातलाई अन्तर्राष्ट्रियस्तरको ‘फेसन शो’ले स्वागत गर्दैथियो ।

छिनभरमै म्युजिक, फेसन र सेलिबे्रटीको भीडले माहोल रंगीन बन्यो ।


‘ट्रेसमी दलजीत सुदान रन–वे फेसन शो–२०१८’नाम दिइएको उक्त अन्तर्राष्ट्रियस्तरको फेसन शोमा दुई दर्जन व्यवसायिक मोडल तथा कलाकार रन–वे नाप्न तयार हुँदैथिए ।

एकातिर लबिमा भने फेसन पारखीहरु कक्टेलमा रमाउँन थालिसकेका थिए । बियर र ह्विस्कीको ‘फेसन कन्ट्रास्ट’ गज्जबको देखिन्थ्यो ।

साँझको ८ बज्नै लाग्दा ‘इन्स्टुमेन्टल म्युजिक’को तालमा १९२ फिट लामो युसेफ र्याम्पमा मोडलहरु एक–एक गरी विरालो चालमा निस्किए ।

स्टेज परम्परागत भन्दा केही भिन्न थियो । त्यसैले मोडलहरुको विरालो हिडाइ हेर्न घाँटी तन्काउनु पर्दथ्यो ।

तन्किदै दर्शकले उनीहरुलाई तालीले हौसला दिएका थिए । एकपछि अर्को गरी मोडलहरुले ३ ‘सिक्वेन्स’मा बिभिन्न आकर्षक पहिरनहरु भएका थिए ।


नेक्स्ट मोडल नेपालको इभेन्ट व्यवस्थापनमा आयोजना भएको ‘ट्रेसमी दलजीत सुदान रन–वे फेसन २०१८’को उद्देश्य नेपाली कपडाको प्रवद्र्धन तथा नेपाली पहिरनलाई विश्वसामु पु¥याउन हो ।

फेसन शो अहिले सम्मकै उत्कृष्ट भएको इभेन्ट व्यवस्थापन नेक्स्ट मोडल नेपालकी यतना पाण्डेले बताइन् ।

१६ महिला र ८ पुरुष गरी २४ मोडल र्याम्पमा उत्रिएका थिए ।

जसमा नग्मा श्रेष्ठ, आस्था पोखरेल, सविता कार्की, सुस्मिता थापा, बिबेक खड्का लगायत नेपालकै टप तथा ब्यवसायी उत्कृष्ट २४ मोडल मोडलिङ क्षेत्रमा कहलिएका नामहरु थिए ।

दलजित सुदान, जो एक अन्तर्राष्ट्रियस्तरमा चिनिएका फेसन डिजाइनर हुन् । शुक्रबार साँझ उनै दलजितको एकल क्रियशन प्रस्तुत गरिएको थियो ।

डिजाइनर दलजित सुदानले ‘म्याजिक अफ जफ्रान’ थिममा तयार पारेका डिजाइनहरू निकै आर्कषक देखिन्थे ।

थुप्रै फेसन सो मार्फत आफ्ना डिजाइनहरु प्रस्तुत गरिसकेकी सुदानको नेपालका लागि यो पहिलो एकल सो थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय