शारदा थापा- मिलन कुलुङ राई हिमाली क्षेत्रमा हुने अल्ट्रा म्याराथन , टे«ल रनको भीडमा चिरपरिचित नाम हो । धावक मिलन सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–४ लुछमका २३ बर्षिय स्थानीय हुन । गत शनिबार रसुवा नुवाकोट पर्यटन समाजले गरेको दोश्रो लाङटाङ टे«ल रन २०२६ को बिजेता उनै मिलन हुन जस्ले गत बर्ष पनि लाङटाङ ट्रेल रन २०२५ को उपाधी हाता पारेका थिए । यस बर्ष आफ्नै रेकर्ड तोड्दै लाङटाङको क्यान्जिङ गोम्पाबाट स्याफ्रुबेसी ३२ किलोमिटर २ घण्टा १६ मिनेट ४३ सेकेन्ड मा पूरा गरी मिलन कुलुङ राई बिजेता बने ।

हिमाली क्षेत्र पहाड अप्ठयारो बाटो उकालो ओरालो दौडन सजिलो छैन तर मिलनले यस्ता बाटोहरु सजिलै पार गरिरहेका छन् । धावक मिलन कुनै तालिम प्राप्त खेलाडी हैनन न त सौखीन सुबिधायुक्त जिवन बिताएका ब्यक्ति हुन । उनिसंग प्रतियोगितामा भाग लिन जांदा चाहिने सामाग्रीहरु पर्याप्त हुदैन जसोतसो जोरजाम गर्छन र कतै प्रतियोगिता हुदैछ भने भाग लिन दौडीन्छन् । मिलनले २०२२ मे २९ मा भएको एभरेष्ट म्याराथनबाट आफ्नो दौडने यात्रा शुरु गरेका हुन,जतिबेला उनि १९ बर्षका थिए र टप टेन भित्र परेका थिए ।

आफु १ बर्षको हुदा आमा गुमाएका मिलन कुलुङ राईले १०/ ११ बर्ष हुदा बुबा पनि गुमाए, मिलन भन्छन् “आमाको त अनुहार पनि याद छैन बाबाको चांही याद छ ।” ६ जना दाजुभाई मध्ये कान्छो छोरा मिलन कुलुङ राई केहि समय दाजुहरुसंग बसेपछि १२/१३ बर्षको उमेरदेखि, अरुको घरमा काम गर्ने , कहिले सोलुखुम्बुको नाम्चेबजारमा होटलमा भाडा माझेर जिविकोपार्जन गरीरहेका मिलनले अहिलेसम्म २ दर्जन बढी म्याराथन तथा टे«ल रनहरुमा भाग लिएर,लाङटाङ,शिवपुरी र मञ्जुश्री तिनवटा टे«ल रनमा प्रथम भैसकेका छन् ।

भर्खरै सम्पन्न एभरेष्ट म्याराथनमा पनि धावक मिलनले तालिम प्राप्त आर्मी, प्रहरी प्रोफेसनल रनरहरुलाई पछाडि पार्दै दोश्रो स्थान हासिल गरेका थिए । अहिलेसम्म कुनैपनि दौडमा उनको स्वास्थ्यमा समस्या देखिएको छैन । पछिल्लो समय भने मिलन पर्यटकीय क्षेत्रमा पुगेर भरीयाको काम गर्छन । भरीयाको काममा रमाइरहेका मिलन आर्मी,प्रहरी , प्रोफेसनल रनर, तालिम प्राप्त डाइट मेन्टेन गरेका रनहरुलाई कसरी उछिन्न सक्छन् चासोको बिषय बन्न सक्छ । मिलन भन्छन् “म त तुङ्म्बा खान्छु,शायद बडीको स्टामिना त्यही लोकल तुङ्म्बाले बनायो होला सानै देखि खाने गरेको भएर,रिकभरी र इनर्जीको लागि तुङम्बा खान्छु । मिलन सानैमा आमा बुबा गुमाएको र अरुको घरमा भांडा माझेर जिवीकोपार्जन गरीरहेका धावक हुन , उनि भन्छन् राम्रो खान त पैसा हुदैन ।”
मिलन कुलुङ राईले दुखकै कारण पढ्न पाएका छैनन ,अहिले भरीयाकै पोर्टर काम गरेर पछि गांउमानै गएर कृर्षि कर्म गर्ने सोच राख्छन् । जे जस्तै दुख भएपनि हिमाली क्षेत्रलाई चिनाउन र नेपाल टे«ल रनको लागि पनि बेष्ट छ भने चिनाउने काम मिलन जस्तै युवाहरुले गरीरहेका छन् ।




