एम.आर.पी. ब्यवस्थापन अन्तरक्रिया सम्पन्न,नर्सरी उत्पादनलाई सरकारले बिलासीताको रुपमा हेर्यो

२०८३ जेष्ठ १८, सोमबार ११:४० ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

नर्सरी ब्यवसायीसंघ नेपालले अधिकतम खुद्रा मुल्य ब्यवस्थापन तथा कार्यन्वयन बिषयक अन्तरक्रिया आइतबार सम्पन्न गरेको छ । नर्सरी ब्यवसायमा आबद्ध ५ दर्जन बढी ब्यवसायीहरुको सहभागितामा भएको अन्तरक्रिया कार्यक्रममा सरकारले उपभोक्ता हित तथा कानुनी ब्वस्थाअनुसार एमआरपी प्रणालीलाई बाध्यकारी बनाउने प्रकृया अगाडि बढेकोमा नर्सरी ब्यवसायलाई कुन ढंगबाट अघि बढाउने भन्ने सन्दर्भमा महत्वपुर्ण छलफल भएको आयोजक नर्सरी ब्यवसायीसंघले जानकारी गराएको छ । नर्सरी ब्यवसायीहरुले आफ्नो उत्पादनको मुल्य कसरी निर्धारण गर्ने,आयात गर्दा कर भन्सार एमआरपी कसरी लागु गरीन्छ लगायतका महत्वपुर्ण बिषयमा ज्ञानबद्र्धक छलफल भएको संघका अध्यक्ष राम्जीप्रसाद तिमिल्सिनाले बताए ।

कार्यक्रममा नर्सरी ब्यवसायीहरुले उत्पादन गरेको फुल बिरुवाहरु र आयातीत फसलहरुलाई एकै नजरले बिलासीताको बस्तुको रुपमा हेरेकोमा ब्यवसायीहरुले असंतुष्टि पोख्दै सरकारलाई दबाब दिन समेत आग्रह गरेको सहभागि ब्यवसायीहरुले बताए । नर्सरी ब्यवसाय र एम आर पीको बारेमा कानुनी सल्लाहकार ऋषिकेश श्रेष्ठले कानुनी पाटो र सि ए अनिल कंडेलले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय