संसद छलेर अध्यादेश बाट शासन गर्ने ?

२०८३ बैशाख १७, बिहीबार १६:३९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नेकपा नेता देव गुरुङले सरकारलाई संसद छलेर अध्यादेश बाट शासन गर्ने अलोकतान्त्रिक पद्दत्ति बन्द गर्न चेतावनी दिएका छन् ।

गुरुङ लेख्छन् :संसद छलेर अध्यादेश बाट शासन गर्ने अलोकतान्त्रिक पद्दत्ति बन्द गरियोस,
हालै मन्त्रिपरिषदबाट आह्वान भैसकेको संसद अधिवेसनलाई स्थगित गरी अहिले सम्म ६ वटा अध्यादेसहरु(संवैधानिक परिषद संबन्धि ऐन, सहकारी ऐन, सार्वजनिक पदमा राजनीतिक नियुक्ति खारेज संबन्धि ऐन, विश्वविद्यालय ऐन, स्वास्थ विज्ञान प्रतिष्ठान ऐन र केहि नेपाल ऐन संशोधन गर्न भनि सिफारिस गरिएको छ। ती सबै ऐन अन्तरगत झण्डै ४० वटा ऐनहरु अध्यादेस मार्फत संशोधन गर्न खोजेको देखिन्छ।

प्रतिनीधि सभामा दुई तिहाई बहुमत रहेको सरकारले संसद छलेर अध्यादेस जारी गर्न खोज्नु भनेको सँविधान को धारा ११४ को दुरुपयोग मात्र होईन, संसदको बैठक बस्न सक्ने अबस्था हुन्दा हुन्दै बैठक स्थगित गरेर अध्यादेस जारी गर्ने प्रवृति भनेको घोर अलोकतान्त्रिक पद्दत्ति हो। यस्तै प्रवृत्ति बढ्दै गएमा सर्वसत्तावाद र निरँकुसतन्त्रको दिशामा जानेछ। त्यसैले अध्यादेसको दुरुपयोग बन्द गरियोस् र लोकतान्त्रिक विधि अवलम्वन गरियोस्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय