एउटा फिल्मले झन्डै ८ करोड कमाउदा निर्देशक तथा लेखकले एक रुपैया पाएनन् ,न पारीश्रमीक न नाफाको शेयर ति निर्देशक हुन चर्चित निर्देशक तुलसी घिमिरे । निर्देशक तुलसी घिमिरेले २६ बर्ष अघि सन २००१ मा आफ्नै लेखन तथा निर्देशन रहेको बक्स अफिसमा ब्लकबस्टर फिल्म दर्पणछांयाले ८ करोड कमाउदा पनि आफुले एक पैसा नपाएको दुखेसो पोखेका छन् ।
दर्पणछांया फिल्मका निर्माता निर्देशक तुलसी घिमिरेका आफ्नै भाइ श्रवण घिमिरे हुन । हाल प्रदर्शनरत फिल्म तुलसी घिमिरेकै फिल्म पहाड प्रमोशनमा अनतवार्ताका क्रममा निर्देशक तुलसी घिमिरेले सम्झीए फिल्मको पारीश्रमीक नपाएको सन्दर्भमा आफ्नै भाइ निर्माता रहेको र ब्लकबस्टर फिल्म दर्पणछांयालाई । नायिका निरुता सिङ र उत्तम प्रधानको केमेस्ट्री रहेको फिल्म दर्पणछांयाले आजभन्दा २६ बर्षअघि ८ लभभग करोडको ब्यापार गरेको थियो ।
निर्देशक तुलसी घिमिरेले भने “मैले फिल्मको नाफा त के पारीश्रमीक पनि पाइन फिल्मले त्यो बेला सात आठ करोड कमाएको थियो किनकी आर्थिक पाटो मेरो थिएन उनले भने कलाकारहरुले पनि शायद पाएकी पाएनन थाहा नै भएन लाग्छ पाएनन होला “, संगै रहेकी उनकी धर्मपत्नी नायिका गायिका भारती घिमिरेले भनिन “मलाई त चित्त दुख्यो तर उहांले नै नबोलेपछि मैले त बोल्ने कुरै भएननी ,”त्यसो भए त्यत्रो पैसा के गरियो त भन्ने प्रसंगमा निर्देशक तुलसी घिमिरेले भने “बिभिन्न ठाउमा लगानी , गर्ने ,घर बनाउने ,फिल्म बनाउने काम गर्यो होला ।”
त्यसो त यो बिषयको बारेमा पहिले पनि चर्चा भैरहन्थ्यो तर आफ्नो ब्लकबस्टर फिल्मले आजभन्दा २६ बर्ष अगाडि झन्डै ८ करोडको ब्यापार गर्दा एक पैसा पनि नपाएर आज पनि अमिलो मन लिएर सम्झीरहनु एउटा सर्जकको लागि सानो पीडा भने हैन त्यो पनि आफ्नै भाइबाट भन्छन्नी पैसा देखेपछि महादेवको पनि तिन नेत्र ।
कुनै एग्रीमेन्टबिना निशर्त काम थियो होला तर करोडौ कमाउदा केहि प्रतिशत पनि शेयर त के पारिश्रमीक समेत नपाएका तुलसी घिमिरेले अहिले दर्शकनै पाएनन । उनले निर्देशन गरेको फिल्म पहाड यतिबेला सिनेमाहलमा लागीरहेको छ तर दर्शक छैनन ।तुलसी घिमिरे नेपाली फिल्म क्षेत्रको लागि नामै काफी उनका दर्जनौ फिल्महरु बक्स अफिसमा हिट छन् ।


