परालकोआगोले त दशकौ पार गरे जस्तो लाग्छ -प्रकाश सपुत

२०८३ बैशाख १०, बिहीबार १३:३५ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

गायक तथा नायक प्रकाश सपुत अभिनित फिल्म परालको आगो बैशाख ११ गते अर्थात शुक्रबारबाट प्रदर्शनमा आउदैछ राजनीतिमा मोडीएर,छोडेर फेरि आफ्नै कलाकारीता पेशामा फर्किएका कलाकार सपुत फिल्म परालको आगो दर्शकले मन पराउनेमा विश्वस्त छन् । गुरुप्रसाद मैनालीद्धारा लिखित सबैले रुचाएको पारीवारीक कथा त्यसमा पनि आफैले सृजना गर्दा सर्वाधिक रुचाइएको सामाजिक बिषय महिला हिंसा बिभेद यस्तै बिषय रहेकाले पनि सपुत परालको आगो सिनेमा हलमा दर्शकले मन पराउने बताउंछन ।

त्यसो त प्रकाश सपुत भन्छन् “परालको आगोको छांयाकन देखि प्रदर्शन सम्म आइपुग्दा देशमा यति छिटो परिवर्तन भयो कि, परालको आगोले त दशकौ पार गरे जस्तो लाग्छ सरकारनै पटकपटक परिवर्तन ,जेन्जी आन्दोलन , चुनव ,नयां सरकार ओहो हामीेले दशकौ लगाएर गर्ने आन्दोल २ दिनमा भएर ध्वस्त भयो केके परालको आगोको समयअवधीले धेरै कुरा सिकाएको छ ।”

त्यस्तै फागुन २१ को चुनाव अघि रास्वपा प्रबेश गरेर संसदमा पुग्ने र समाज परिवर्तनमा योगदान दिने सपना बोकेका कलाकार प्रकाश सपुतको सपना संसदीय पद्धती र नियममा बांधिनुपर्दा समानुपातिक सांसद बन्न बचित भए यही प्रसंगर्मा परालको आगो के हुन्थ्यो होला प्रमोशनमा भन्न् प्रश्ननमा प्रकाशले दिल खोलेर भने “म माननीय भएर प्रमोशनमा आउथेकी, गंञ्जागोल के हुन्थ्या्े सांची के हुन्थ्यो होल भन्दै जे हुन्थ्यो राम्रै हुन्थ्यो अब झनै परालको आगो राम्रो हुनेछ ।”

लक्ष्मण सुनारको निर्देशनमा बनेको फिल्ममा प्रकाश र सुहानासहित सौगात मल्ल, सिर्जना अधिकारी, किशोर भण्डारी, शंकर आचार्य, सरिता भण्डारी, कुल बहादुर अधिकारी, मन्जिला बाँनिया लगायतका कलाकारहरूको अभिनय देख्न सकिनेछ । हरिओम सिने मेकर्सका सुशील पोखरेल लगानीकर्ता रहेको फिल्ममा सुशील देवकोटाको पटकथा तथा संवाद लेखन छ ।

आधुनिक कथाका प्रणेता मानिने गुरुप्रसाद मैनालीको ‘नासो’ कथासङ्ग्रहमा सङ्ग्रहित चर्चित कथा ‘परालको आगो’बाट प्रेरित भनिएको यस फिल्ममा संकल्प भुजेलको छायांकन, मिलन श्रेष्ठको सम्पादन, रामजी लामिछानेको नृत्य निर्देशन, कनाल कँवरको रंग संयोजन तथा शान्ती ठटाल, सत्य(स्वरुप र प्रकाश सपूतको संगीत रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय