क्यापीटल मार्केटमा महिलाहरुको सहभागिता अत्यन्तै कम् छ जस्को कारण हो जानकारी नै नहुनु हो । त्यसैले नारी दिवसको सेरोफेरो पारेर
क्यापीटल मार्केटमा महिलाहरुको सहभागिता कम भएको भन्दै महिला पर्यटन ब्यवसायीहरुल एकदिने एसआइपी( सिस्टोम्याटीक इन्भेष्टमेन्ट प्लान )कार्यशाला गरेका छन् । टुरीज्म सिस्टरहुड नेपाल एशोशीयसनले महिला सशक्तिकरणको लागि एसआइपी सिस्टोम्याटीक इन्भेष्टमेन्ट प्लान कार्यशाला आइतबार ठमेलको एक होटलमा सम्पन्न गरेको हो ।
दर्जन बढी पर्यटन ब्यवसाय लगायत अन्य क्षेत्रमा आबद्ध दर्जन बढी महिलाहरुको सहभागिता रहेको कार्यशाला प्रभावकारी भएको सहभागिहरुको भनाई थियो । बिशेष गरी क्यापीटल मार्केट अर्थात शेयर बजारमा महिलाहरुको कम सहभागिताको बारेमा सचेतना कम् भएकाले लगानीमा महिलाहरु ओझेलमा परेको टुरीज्म सिस्टरहुड नेपाल एशोशीयसनकी अध्यक्ष जुनुले बताइन । इन्भेष्टीमेन्टमा मेल डोमीनेट देखिन्छ कार्यक्रमबाट महिलाहरुले शेयरमा लगानी कसरी गर्ने भन्ने बारेमा जानकारी पाएको जुनुको भनाई छ ।

समाजमा आर्थिक रुपमा आत्मनिर्भर बनाउनको लागि कार्यक्रमले प्रमुख भुमिका खेलेको संस्थाकी सदस्य अनुपा बुढाथोकीले आफ्नो अनुभव शेयर गरीन । कार्यक्रममा प्रशिक्षण दिदै सिद्धार्थ क्यापीटल लिमिटेडका हेडसेल्स अफिसर रिजु कर्माचार्य महिलाहरुको लागि आर्थिक आत्मनिर्भरताको यस्ता सेसनहरु चलाउनु पर्ने बताइन । त्यस्तै ै सिद्धार्थ क्यापीटल लिमिटेडका चिफ बिज्नेश अफिसर रिकेश श्रेष्ठले शेयर मार्केटमा मेल डोमीनेट देखिन्छ अहिले फिमेलहरुको सहभागिता बढाउन यस्ता कार्यशालाले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताए ,
कार्यक्रममा सहभागि महिलाहरुले आफुहरुलाई थाहा नभएका धेरै इनभेष्मेन्टका आइडीया प्राप्त गरेको बताए ।



