बनभोजसगै हात्ती तथा पर्यटन महोत्सव सम्पन्न

२०८२ पुष १३, आईतवार ११:१९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट


हात्तीलाई वनभोज खुवाएसँगै चितवनको पर्यटकीय नगरी सौराहामा जारी १९औं चितवन हात्ती तथा पर्यटन महोत्सव आज सकिएको छ । हात्तीलाई गरी बनभोज खुवाएर महोत्सव समापन गरियो ।
हात्तीका लागि विशेष वनभोजको आयोजना गरिएको थियो, जहाँ हात्तीलाई १५ परिकारका खानेकुरा दिइएको थियो ।महोत्सव अवधिभर हात्ती सुन्दरी प्रतियोगिता, डुंगा दौड प्रतियोगिता, हात्ती फुटबललगायत विभिन्न मनोरञ्जनात्मक गतिविधि भए ।

सौराहास्थित बाघमारा चौरमा आयोजित महोत्सवमा होटल संघ नेपाल आयोजक, रत्ननगर नगरपालिका संरक्षक तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेड सहआयोजक थिए ।
महोत्सवका विभिन्न गतिविधिमा सरकारी तथा निजी क्षेत्रका गरी करिब ८० वटा हात्ती सहभागी भएका थिए। हात्ती महोत्सवले पर्यटन प्रबर्द्धनमा सहयोग पुग्ने हुनाले आगामी बर्ष अझै विशेष बनाउने आयोजकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय