नेपाल पर्यटक यातायात ब्यवसायीसंघको २२ औं बार्षिक साधाराण सभाले भिमबहादुर गोले तामाङको अध्यक्षतामा ९ सदस्यीय नयां कार्यसमिति चयन गरेको छ । दुई बर्षको लागि चयन भएको कार्यसमितिमा अध्यक्षमा गोले सहित बिनोद तामाङ बरिष्ठ उपाध्यक्ष ,उपाध्यक्षमा रामुकमार बस्नेत ,महासचिव भरत प्रसाद तिमिलसेना ,टेक बाहदुर पुन सचिव ,तेजमान लामा कोषाध्यक्ष र सदस्यहरु ,बिष्णु बहादुर कार्की ,हरिकृष्ण हुमागाई ,बाजिराम घिमिरे निर्बीरोध भएका हुन ।
बुधबार सम्पन्न भएको नयां कार्यसमितिले पर्यटकीय यातायातको ब्यवस्थापनको लागि डटेर लाग्ने प्रतिबद्धता ब्यक्त गरे । नेपाल पर्यटक यातायात ब्यवसायीसंघको २२ औं साधाराण सभामा उपस्थिति जनाउदै पर्यटन मन्त्री बद्री पाण्डेले समग्र पर्यटन क्षेत्रको नीति तथा ब्यवस्थापनमा लागीरहेको बताउदै पर्यटकीय यातायातको समस्यालाई पनि समाधान गर्ने बताए ।

त्यस्तै कार्यक्रममा उपस्थित बाग्मती प्रदेशका सचिव दिपेन्द्र सुबेदी ,पुर्व नेपाल पर्यटन बोर्ड संञ्चालक समिति उपाध्यक्ष रामप्रसाद सापकोटा , टान अध्यक्ष सागर पाण्डे लगायत बिबिध क्षेत्रका ब्यक्तित्वहरुले पर्यटन बिकासको लागि यातायातसंगै सहि नीति र ब्यवस्थापनको लागि सरकारले सहजता प्रदान गर्नुपर्ने भनाई राखेका थिए ।
फोटो फिचर






