दशैंमा सफा अकाशले मनै आनन्दीत-अन्जनकुमार थापा

२०८१ आश्विन २४, बिहीबार ०९:१६ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

 राष्टिय उद्योग ब्यवसायी  तथा महासंघ उपाध्यक्ष अन्जनकुमार थापा को दशैं अनुभव
दशैं भन्ने बित्तिकै बर्षायाम सकिएपछि सफा आकाश हिमाल प्रष्ट देखिने अनि आकाशभरी चंगा मनै आनन्द हुने यिनै चिजहरुले हामीलाई मोहीत बनाउछ । म पचास सालतिर काठमांडौ आएको , त्यतिबेला दशको बेलामा काठमांडौलाई खुब सम्झन्छु, अहिलेत प्राय सबै ठाउहरुमा  बाक्लो घरहरु बनेको छ त्यतिबेला सबैतिर फांटैफांट अनि जब दशैंको मौसम आउंछ तब काठमांडौका मानिहरुले घरको छतबाट चंगा उडाएको देखिन्थ्यो अनि रमाइलो लाग्थ्यो किनभने हाम्रो घरतिर चांही त्यति चंगा उडाएको देखिंदैनथ्यो ।

अहिले त ब्यापार ब्यवसायसंगै घरपरिवार बच्चा बच्चीहरुसंग संगै रहेर रमाइलो गर्दै दशंै मनाइन्छ । पर्यटन ब्यवसायमा लागेकाले सिजन पनि यहि समयमा पर्छ त्यतापनि ब्यस्त हुनैपर्छ । जे होस यो बर्षको दशैंमा चंगा पनि उडाइयो घरपरिवारसंग बसेर दशैं मनाउने योजनामा छु र देशमा संकट छ प्राकृत्तिक बिपत्ति छ यो कुराले त्यति खुशी मन भने हुदैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय