दशैं पर्यटन क्षेत्रमै बित्छ -सागर पाण्डे टान अध्यक्ष

२०८१ आश्विन २४, बिहीबार ०६:४२ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

ट्रेकिङ एजेन्सीज एसोसीयसन अफ नेपाल टान अध्यक्ष सागर पाण्डेको यसपालीको दशैं र अनुभव

पर्यटक आउने सिजनमा दशैं पर्ने भएकाले अली ब्यस्त भैइन्छ पर्यटन व्यवसायमा लागेकाले , तर हामी हिन्दु नेपालीहरुको महान चाड नै दशै तिहार भएकाले हाम्रो परम्परा संस्कृती को संरक्षणको लागि दशैं मनाईन्छ । यस बर्षको दशैं काठमांडौमानै बसेर परिवारसंग मनाईन्छ । आफ्ना मान्यजनको हातबाट टिका जमरा थाप्ने त छंदैछ जति सानो छंदा रमाइलो हुन्थ्यो तर अहिलेको समयमा भने दशंैमा जिम्मेवारी बढी भएको महसुु हुन्छ । टानको अध्यक्षको नाताले पनि धेरै जिम्मेवारी छ ममा , पर्यटन क्षेत्रलाई कसरी माथी उठाउने भन्ने योजनाकै बिषयमा छलफल बहस सबै गरेर काार्यन्वयन गर्न पनि अघि बढ्नु छ ।

बच्चपनमा चंगा धरै उडाइन्थ्यो दशैंको बेलामा तर काठमांडौमा पर्यटन ब्यवसायमा लागेपछि ब्यस्तताको कारण त्यस्तो समय कहिले मिलेन । तर यस बर्ष झन्डै पन्ध्र बिस बर्ष पछि बर्ष चङ्गा र लट्टार्ई हातमा पर्यौ चंगा नी चेट भयो रमाइलो अनुभव रह्यो । अहिले हामी मनाउदै आएको चाडपर्व फेरिएको छ डिजिटल भएको छ तर हामीले यसलाई डिजिटलमा मात्र नभै ब्यवहारीक रुपमा नै मनाउनु पर्छ । अर्को कुरा हामी पर्यटन ब्यवसायीहरुले दशंको परम्परा संस्कृतिलाई संरक्षण गरी प्याकेजमै बिदेशी पर्यटकहरुलाई बेच्न सबै ब्यवसायीहरुले तदारुकता देखाउनु पर्छ र हाम्रो दशैं तिहार सबै प्रकारका संस्कृतिलाई पर्यटनसंग जोडेर बजारीकरण गर्नुपर्छ भन्ने लाग्छ । समग्रमा भन्दा पछिल्लो बर्षका दशैंहरु पर्यटकहरु र पर्यटनसंगै धेरै बित्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय