निमा रिन्जी शेर्पा १४ वटा चुचुरो आरोहण गर्ने सबैभन्दा कान्छो आरोही बनेका छन् । बुधबार बिहान चीनको शिशापाङ्म हिमाल आरोहणगरेसंगै आरोहण गरेसंगै १८ वर्ष ५ महिनाको उमेरमा निमा रिन्जी शेर्पाले आफ्नो रेकर्ड बनाएका हुन । ८ हजार मिटरभन्दा अग्ला विश्वका १४ सबै चुचुरो आरोहण गर्ने सबैभन्दा कान्छो ब्यक्ति बनेका निमा रिन्जी शेर्पाले पहिलो ८ हजार मिटर अग्लो हिमाल मनास्लु आरोहण गरेका थिए।
त्यसपछिका दुई वर्ष दस दिनमा उनले लगातार एकपछि अर्को अग्लो शिखर आरोहण गरेर आफ्नो रेकर्ड बनाएका हुन । उनले आफुले साहसका साथ हिमाल आरोहण गरेको बताएका छन् ।निमा रिन्जीसँग विश्वको सबैभन्दा कान्छो आरोही सहित धेरै रेकर्डहरू छन्। उनी नङ्गा पर्वत आरोहण गर्ने सबैभन्दा कान्छो आरोही बने । यसअघि निमा रिन्जीले सबैभन्दा कम उमेरमा सगरमाथा र ल्होत्सेमा १७ वर्ष ३५ दिनमा १० घण्टामा डबल हेडर आरोहण गरी विश्व कीर्तिमान बनाएका थिए ।


