भिटोफ नेपालले साताब्यापी कार्यक्र गरी स्थापना दिवस मनायो

२०८१ श्रावण १७, बिहीबार ०३:२२ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

गाउँ पर्यटन प्रबद्र्धन मञ्च भिटोफ नेपालले साताब्यापी कार्यक्रम गरेर २८ औं स्थापना दिवस मनाएको छ । नेपालका हरेक गाउँलाई पर्यटकीय बस्ती बनाउने अभियानलाई निरन्तरता दिने प्रतिबद्धता अनुरुप अगाडि बढाईने भिटोफकी अध्यक्ष सकुन्तला देवकोटाले बताईन । भिटोफको स्थापना दिवस साउन १६ अर्थात जुलाई ३१ मा मनाउने गरीन्छ ।भिटोफले पहिलो दिन साउन ११ गते साताको पहिलो दिन मदन भन्डारी युनिभर्सिटी अफ साइन्स एड टेक्नोलोजी का रिर्सच टोलि सङ आफ्नै कार्यलयमा आधुनिक शिक्षामा गाउँ पर्यटन को भुमिका विषयमा अन्तरक्रिया कार्यक्रम गरेको छ । दोश्रो दिन १२ गते गाउँ पर्यटनका परिकल्पनाकार डा सुरेन्द्र भक्त प्रधानाङ्ग संग साक्षत्कार गयो भने तेश्रो दिन शंखुवासभा जिल्ला सभापोखरी गाउँपालिका बाट घरबास ब्याबस्थापन सम्बन्धि जानकारी लिनको लागि ब्यानर सहित आएका वडा अध्यक्ष लगायत टिम सङ घरबास ब्याबस्थापन तथा सभापोखरी धार्मिक पर्यटनलाई अघि बढाउने बिषयमा छलफल गर्यो ।

चौथो दिन पशुपति नाथ मन्दिर परिसरमा उपस्थित श्रद्धालु भक्तजनहरुका लागि शुद्ध पिउने पानी बितरण गरि ५ औं दिन ललितपुरको गाउँ भ्रमणमा पुग्यो । साताब्यापी कार्यक्रम अन्तर्गत पांचौ दिन ललितपुर जिल्ला को महालक्ष्मी नगरपालिका ६र ९ मा रहेका सास्कृतिक सम्पदाको अवलोकन गर्यो । पर्यटनको प्रचुर सम्भावना बोकेको ललीतपुरको सिद्धिपुरमा रहेको सांस्कृतिक घर, मन्दिर, पाटी पौवा, पोखरी ,ईनार ,पराल को सिप सिकाई केन्द्र ,लुभु को चौतारो, सिस्नेरी देखी लाकुरी भन्ज्याङ सम्मको पदयात्रा भिटोफको टिमले गरेको हो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय