ठमेल पर्यटन परिषदको आगामी असार ३१ गते हुन लागेको निर्वाचनमा अध्यक्ष पदमा भबिश्वर शर्मा र धुर्ब अधिकारी प्रतिस्पर्धामा रहेका छन । यि दुबै जना अघिल्लो कार्यकालमा पनि अध्यक्ष पदकै लागि प्रतिस्पर्धामा थिए । २ सय ५ मत बढी प्राप्त गरी भबिश्वर शर्माले गएको कार्यकालमा ध्रुव अधिकारीलाई पराजित गरेका थिए ।
यसपटक पुन दोश्रो कार्यकालको लागि डिजिटल ठमेल मुख्य एजेन्डा लिएर भबिश्वर शर्मा अध्यक्ष पदमा प्यानल सहित मैदानमा उत्रिएका छन् भने धुर्ब अधिकारी पनि धुर्ब अधिकारी लाई हेर्नुस यो पटक। भबिश्वर शर्मा किन पटक पटक भन्दै अध्यक्ष पदका लागि प्यानल सहित मैदानमा उत्रिएका छन् ।
रमाइलो त के छ भने शुक्रबार बिहान भबिश्वर शर्मा प्यानलले राखेको उम्मेदवार परिचयात्मक कार्यक्रमको बीचमा शानका साथ अध्यक्षकै प्रत्यासी ध्रुव अधिकारी स्टेजमा गएर बसे सबै दंग परे सांच्चै प्रतिस्पर्धा होकी समर्थन हो भनेर । एकै छिन स्टेजमै बसेर अधिकारी बाहिरिए तपाइ केको लागि प्रतिस्पर्धिको समुहमा देखिनु भो भन्ने प्रश्नमा अधिकारीले ठट्यौलीमा भने खाना खाउ की भनेर आएको , बाटोनी परेको थियो ,निम्तो पनि दिनुभएको थियो अनि पसेको । यता भबिश्वर शर्माले उहा शुभकामना दिन आउनु भएको हो स्टेजामा माइकमा बोल्नुस भन्दा मान्नु भएन । आफुले प्रतिस्पर्धीलाई धेरै सम्झाएको सहकार्यको लागि ,यस अघिपनि उहा कतै देखिनु भएन ठमेलका घरधनीका नजिक पुगेर समस्या सहयोग गरेको नी थाहा भएन एकैपटक चुनावमा आउनु भयो भबिश्वर शर्माले स्टेजमा बोल्दै भने ।
ब्यवसायीक संघसंगठनका निर्वाचनमा राजनीतिक दलहरुको ठुलो भुमिका खेल्ने गर्दछ । ठमेल पर्यटन परिषदको निर्वाचनमा पनि धुर्व अधिकारी प्यानलमा नेकपा एमाले र कांग्रेस समर्थीत छन् भने भबिश्वर शर्मा प्यानलमा कांग्रेस, माओवादी र समाजवादी समर्थीत पदाधिकारीहरु छन् । कार्यक्रममा सहभागि एक ब्यवसायीले भने भद्रगोल छ न एउटै पार्टीका मिलेर अगाढि बढ्छन् न मिल्छन । असार ३१ गते हुने ठमेल पर्यटन परिषदको निर्वाचनमा अध्यक्ष भबिश्वर शर्माले आफ्नो कार्यकाल दोहोराए पनि उनकै पल्लाभारी हुने अनुमान धेरैले गरेका छन् भने चुनाव हो ध्रुर्व अधिकारी पनि कम् छैनन भन्नेको जमात पनि धेरै छन् । ठमेल पर्यटन विकास परिषद्को २८ र २९ औँ साधारणसभा तथा निर्वाचन असार ३१ गते ठमेलको अलफ्ट होटलमा हुदैछ ।