
काठमाडौँको ठमेललाई पर्यटकहरुको अनिवार्य गन्तब्य र ‘डिजिटल ठमेल’का रुपमा अगाडि बढाउने एजेन्डाका साथ ठमेल पर्यटन परिषदका बर्तमान अध्यक्ष भविश्वर शर्मा पुनह अध्यक्ष पदका लागि मैदानमा उत्रिएका छन् । प्यानलसहित असार ३१ गते हुने
ठमेल पर्यटन विकास परिषद्को निर्वाचनको पूर्वसन्ध्यामा अध्यक्षका प्रत्यासी भविश्वर शर्मा समूहले शनिबार बिहान उम्मेदवार परिचयात्मक’ कार्यक्रम राख्दै डिजिटल ठमेल बनाउने पहिलो प्राथमिकतामा रहेको बताएका हुन ।
“हामीले स्थानीय सरकारसँगको सहकार्यमा ठमेलभित्रका देखिएका समस्या समाधान गरे पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा परिचित ठमेललाई प्रविधिको विकाससँग जोड्न नसकेकाले डिजिटल ठमेललाई प्राथमिकतामा राखेका छौँ”, अध्यक्षका प्रत्यासी शर्माले भने । अध्यक्ष शर्माले आफ्ना थुप्रै योजनाहरु पुरा गर्ने काम बांकी रहेकाले फेरि पनि आफु काम गर्नको लागि मैदानमा उत्रिएको बताए ।
निर्वाचनमा उपाध्यक्ष पदका लागि सहदेव धमला, राजीव पाण्डे, चेतनाथ पुडासैनी र श्रीकृष्ण थपलिया, महासचिवमा बद्रीप्रसाद तिमल्सिना र सोजेशमान मालाकारले उम्मेदवारी दिएका छन्। सचिवमा पुण्यराम लागेजु र दिलीप ० कँडेल, कोषाध्यक्षमा प्रकाश थपलियाको उम्मेदवारी परेको छ।
सदस्यमा कोपिला सिंखडा, रोशन अधिकारी, कुमार नेपाली, पूर्णप्रसाद चौलागाईं, विनोद श्रेष्ठ, अमृत थोकर ९लामा०, सानुकाजी महर्जन, रमेश विश्वकर्मा, रहेका छन् । परिषद्को २९औँ साधारणसभा तथा निर्वाचनका लागि एघारसय ९३ जना मतदाता रहेका छन् ।