२७ महिला आरोहीहरु गन्जला चुली हिमाल आरोहणका लागि प्रस्थान

२०८१ असार १५, शुक्रबार १६:४८ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

सिन्धुपाल्चोकस्थित गन्जला चुली हिमाल आरोहण गर्न २७ जना महिला आरोहीहरु शनिबार प्रस्थान गर्दैछन् । आरोहीहरुले सिन्धुपाल्चोकको पाचपोखरी थाङपाल गाउपालिकामा रहेको गन्जला चुली आरोहण गरी यसपटक नया रुट खोलीने छ ।
शुक्रबार नेपाल पर्वतारोहण संघले सिन्धुपाल्चोकस्थित गन्जला चुली हिमाल आरोहण जान लागेका २७ जना महिलाको टोलीलाई विदाई गर्यो ।
नेपाल पर्वतारोहण संघका वरिष्ठ उपाध्यक्ष ठाकुरराज पाण्डेले २७ जना महिलाको टोलीलाई विदाई तथा शुभकामना दिए ।काठमाडौंको छिमेकी जिल्ला सिन्धुपाल्चोकमा रहेको पिकको २७ जना महिलाको टोलीले सिन्धुपाल्चोकको नयाँ रुट खुल्ला गर्न लागेकोमा पाण्डेले खुशी ब्यक्त गरे ।

सिन्धुपाल्चोकको पाचपोखरी थाङपाल गाउपालिकामा रहेको गन्जला चुली ९कागा० ५ हजार ८ सय ६३ मिटर उचाइमा रहेको छ । गन्जला चुली आरोहणका लागि २७ जना महिला टोली असार १५ गते काठमाडौंबाट सिन्धुपाल्चोक तर्फ प्रस्थान गर्न लागेको सिन्धुपाल्चोककी राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति तथा पर्वतारोही माया गुरुङले बताइन् । आरोहण अवधि २ हप्ताको रहने छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय