नेपाल –याफ्टिङ एसोसियन नाराको आयोजना २२ औ हिमालयन ह्याइट वाटर च्यालेन्ज २०२४ प्रतियोगिता सिन्धुपाल्चोकको सुकुटेमा सम्पन्न भयो । ९ किमि लामो दुरीमा साहसीक जलयात्रा याफ्टीङ र कायाकिङ खेलमा प्रतिस्पर्धा गराईएको थियो । साहसिक जल पर्यटन खेलमा –याफ्टीङमा १४ ग्रुप र कायाकिङ २८ जनाको सहभागिता थियो ।
९ किलो मिटरको दुरी जल यात्रा गर्नुपर्ने नियममा बाधिदै –याफ्टीङमा पहिलो स्थान स्थानिय भोटेकोशि एडमेन्चर क्लबले जित्यो भने द्वितिय स्थानिय –याफ्टीङ स्टार र तृतिय स्थान त्रिभुवन आर्मि क्लब ए बिजयी भए । र कायाकिङमा प्रथम सुरेन्द्र माझी द्वितिय कृष्ण खड्का र तृतिय बिजय माझी बने । विजेतहरुलाई नगद सहित सिल्ड तथा प्रमाणपत्र प्रदान गरीयो । कायाकिङका बिजेता प्रथम,द्धितिय र तृतियलाई क्रमश नगद १५ हजार ,दशहजार र ५ हजार प्रदान गरीयो भने याफ्टिङका बिजेता प्रथम ,द्धितिय र तृतियलाई क्रमश ४० हजार ,२० हजार १० हजार नगद प्रदान गरीएको थियो । सिन्धुपाल्चोकको भोटेकोशीमा सम्पन्न भएको जलयात्रा प्रतिस्पर्धाले पर्यटकहरुको संख्या बढ्ने अपेक्षा गरीएको छ ।
जलपर्यटनलाई राज्यको वेवास्ता शिब अधिकारी अध्यक्ष नारा

जल पर्यटनलाई प्रबद्र्धन गर्ने उदेश्यले नेपाल –याफ्टिङ एसोसियन नाराले बिभिन्न गतिबिधिहरु गरीरहन्छ । धेरैभन्दा धेरै नेपाली गाइडहरुले रोजगार प्राप्त गर्ने र पर्यटकीय हब बन्ने हुनाले यस्ता गतिबिधिहरु संचालन भैरहनुपर्दछ । बिशेषगरी राज्यको निकायले जल पर्यटनलाई खासै चासो दिएको आभास हुदैन ,जल पर्यटनको संरक्षण गर्न सरकारले नीति बनाउन जरुरी छ । खोलामा गिटी बालुवा क्रसर ड्याम बनाउनाले जलयात्राको आकर्षण बढ्नुको साटो जोखीम बढेको छ । तर हामी सकेसम्म आफ्नो ब्यवसाय प्रबद्र्धन गर्नकै लागि भनेर लागि परेका छौं ।
५० औं राष्टिय याफ्टिङ फेस्टीभल हदैछ नारायण श्रेष्ठ महासचिव नारा

सिन्धुपाल्चोक स्थित भोटेकोशी सुकुटी बीचमा गरीएको र्याफ्टीङले पर्यटकहरुको आगमनमा ठुलो भुमिका खेल्छ । धेरै जसो यो प्रतिस्पर्धा त्रिशुली लगायत अन्य ठाउमा हुने गर्दथ्यो यसपटक हामीले सुकुटेको भोटेकोशीमा सम्पन्न गर्यो । नोभेम्बरमा नै गर्नुपर्ने ह्वाइट वाटर च्यालेन्ज कम्पीटीशन प्राबिधिक कारण अहिले सम्पन्न गर्यौ । हामीले यो बर्ष कर्णाली क्वेस्ट गर्ने भनेर लाग्यौै तर सकिएन त्यसैले अलि ढिला भयो । पर्यटन प्रबद्र्धन गर्नको लागि जल खेलले बिश्वमा छुटै पहिचान बनाएको छ । तर पछिल्लो दिनहरुमा हामीले खोलानदीलाई राम्रोसंग संरक्षण गर्न सकेका छैनौ । यो एउटा ब्यक्तिले गरेर सम्भव छैन , सरकार स्थानीय तह गाउ समाज टोल सबैले मिलेर अगाडी बढ्नुपर्दछ । आगामी बर्ष नेपालमा जलयात्रा शुरु भएको ५० बर्ष पुग्छ र सोही अबसरमा हामी पचासौं राष्टिय याफ्टिङ फेस्टीभल मनाउदैछौ ।

भोटेकोशी सुकुटेमा सम्पन्न हिमालयन ह्याइट वाटर च्यालेन्ज २०२४ को रमाइला भिडियोहरु यो लिंकमा छ
(27) सुकुटे बिचमा Rafting comptetion भब्य /ShivaAdhikari/NarayanShresthaNARA – YouTube
भोटेकोशी नदिमा white water challenge 2024 / येस्तो रमाइलो kayaking comptetion (youtube.com)
पैसा नभएर पड्न नपाउदा र्याफ्टिङ गाइड बनेकी पारुको कथा /Rafting/Bhotekoshi /Sukute (youtube.com)


