नेपाल एसोसिएसन टुर एन्ड ट्राभल एजेन्ट्स नाट्टाको नयां नेतृत्वको लागि अध्यक्ष पदमा संगिता जिरेल बादेले उम्मेदवारी दिने भएकी छन् । आगामी जेठ २५ गते हुने नाट्टाको निर्वाचनमा संगिता जिरेल बादेले प्यानलसहित उम्मेदवारी दिने भएकी हुन । सन २००२ देखि नाट्टामा सदस्य रहेकी जिरेलले सन २००३ मा बोेर्ड सदस्य हुदै उपाध्यक्ष पदमा रहेर समेत तिन कार्यकाल नाट्टा बोर्डमा रहेर कार्य अनुभव बटुलीसकेकी छन् । । संगिता बिगत २७ बर्ष देखि पर्यटन क्षेत्रमा आबद्ध छिन् ।
सन १९९६ देखि एयरलाइएन्स मा आबद्ध भएर करीयर शुरु गरेकी संगिताले सन २००० देखिनै टुर एण्ड ट्राभल संचालन गरी टुर एन्ड ट्राभलमा सक्षम नेतृत्व सम्हाल्दै आएकी छन् संगिताले । संगिता भर्ज भोयज प्रालीकी प्रबन्ध निर्देशक हुन । नेतृत्व लिन सक्ने ब्यक्तिलाई निर्बिरोध गरौं चुनाव तडक भडक नगरौ भनेर धेरै प्रयास गरीयो तर सम्भव नभएपछि चुनावमा जान बाध्य भएको ताईन । उनले भनिन “पर्यटन ब्यवसाय र नाट्टा सदस्य तथा ब्यवसायीहरुको हकहित विकास र संरक्षणको लागि सरकार तथा सम्बन्धीत निकाय संग समन्वय गर्दै अगाडि बढ्ने लक्ष्यका साथ अध्यक्ष पदमा उम्मेदवारी दिन लागेको हु “। ब्यवसायमा धेरै असहजता रहेको छ ब्यक्ति केन्द्रित पर्यटन ब्यवसाये गरेर हुदैन अब समग्र देशकै विकास हुने गरी काम गर्नु पर्छ भन्ने कुरा मनन गर्दै अगाडि बढ्ने संगिताको भनाई छ ।
नाट्टाले आफ्ना सदस्यहरुलाई चुनावमा भाग लिन जेठ १८ गते उम्मेदवारी दर्ता गर्ने मिति तोकेको छ भने जेठ २५ गते र्याडीसन होटलमा ५७ औं साधारण सभा र चुनावले नयां कार्यसमिति चयन गर्नेछ । अध्यक्ष पदका लागि हालका महासचिव कुमारमणी थपलीयाले उम्मेदवारी दिने तयारी गरीरहेका छन् ।


