७१ अन्तर्राष्ट्रिय सगरमाथा दिवस उत्साहका साथ पर्यटन ब्यवसायीहरुले मनाएका छन् । नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्यूजिल्याण्डका एडमण्ड हिलारीले सन् १९५३ मे २९ तारिख अर्थात् दिन पहिलोपटक सगरमाथामा पाइला राखेका थिए । सोही दिनको सम्झना गर्दै हरेक बर्ष मे २९मा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाईन्छ ।
यस वर्ष अन्तर्राष्ट्रिय सगरमाथा दिवसको नारा ‘विश्वको सर्वोच्च शिखर सगरमाथा, नेपालको पहिचान र गौरव’ रहेको छ। सगरमाथा दिवसको अवसरमा नेपाल पर्वतारोहण सङ्घ एनएमएको आयोजनामा काठमाडौंमा बुधबार बिहानै प्रभातफेरी गरीयो
।
प्रभातफेरीमा पर्यटनसँग सम्बन्धित विभिन्न संघ संस्थाहरूले ब्यानर, मौलिकता झल्काउने सांस्कृति प्रदर्शनीसहितको र्याली रहेको थियो । पर्यटनसंग सम्बन्धीत बिभिन्न संघसंस्थाहरु े सांस्कृतिक भेषभुषा बाजागाजा सहित र्यालीमा सहभागि भए सञ्चयकोष भवनदेखि निकालिएको र्याली प्रज्ञा भवन कमलादी पुगेर टुगींएको छ । र्यालीका फोटो फिचरहरु