सगरमाथा आरोही कामीरिता शेर्पा २९ औं पटक सगरमाथा आरोहण गरेर नया रेकर्ड राखेका छन् । उनले आफ्नो २८ औं पटकको रेकर्ड ब्रेक गरेर सर्वाधिक सगरमाथा आरोहण गर्ने संसराकै एक्ला नेपाली आरोहीको रेकर्ड राखेका हुन । उनले मे १२ २०२४ को बिहान ७ बजेर २५ मिनेटमा २९ औं पटक सगरमाथाको सफल आरोहण गरेका हुन । आरोही शेर्पाले सेभेन समिटबाट २३ जना देशी तथा बिदेशी आरोहीहरुसंगै सगरमाथाको आरोहण गरेका हुन ।
उनी विदेशी भीभीआईहरुको समूहको वरिष्ठ हाई अल्ट्च्यूड गाइडका रुपमा २९ औं पटकका लागि सगरमाथा आरोहण गर्न गएका थिए । यसपाली सेभेन समिट र फोर्टीन पिक्स एक्सपिडसन गरी दुइटा कम्पनीका सदस्यहरुलाई सगरमाथा आरोहण गराउने कामीरिताको जिम्मेवारी रहेको छ ।
सोलुखुम्बुको थामेका शेर्पाले गत वर्षको वसन्तकालीन याममा आफ्नो २७ औं पटकको रेकर्ड ब्रेक गर्दै २८ औं पटक सगरमाथा चुचुरोमा पुगेर विश्वकै सर्वाधिक सगरमाथा आरोहण गर्ने व्यक्तिको रेकर्ड बनाएका थिए । कामीरितापछि सगरमाथामा सर्वाधिक आरोहण गर्नेमा सोलुखुम्बुको पाङ्बोचेका ४७ वर्षीया पासाङ दावा ९पादावा० शेर्पा छन् ।
५४ बर्षिय कामीरिताले २०५१ मा पहिलोपटक सगरमाथा आरोहण गरेका थिए । उनले सगरमाथामा सर्वाधिक आरोहणको आफ्नै रेकर्ड बनाउँदै ब्रेक गर्दै आइरहेका छन् ।