गाउ पर्यटन प्रबद्र्धन मञ्च नेपाल भिटोफको २५ औं बार्षिक साधारण सभाबाट सकुन्तला पाण्डे देवकोटालाई अध्यक्ष पदमा सर्वसम्मत गर्ने निर्णय भएको छ । महिला अध्यक्षलाई भिटोफको इतिहासमा पहिलोपटक सर्वसम्मत स्विकार गरीएको हो ।
आगामी चैत्र १७ गते हुने साधारणसभामा २ बर्षको लागि सकुन्तलाको अध्यक्षतामा नयां कार्यसमिति बन्ने छ । अहिलेको कार्यसमितिमा सकुन्तला कोषाध्यक्षको कार्यभार सम्हालीरहेकी छन् । लामो समय देखि पर्यटन क्षेत्रमा कार्यरत सकुन्तला पाण्डे देवकोटालाई सबै पर्यटन ब्यवसायीहरुको सहमतिमा अध्यक्ष बनाउने निर्णय गरीएको हो ।


