भैरहवामा ५० करोडको लगानीमा चारतारे ‘होटेल ल्यान्डमार्क’ सञ्चालनमा

२०८० फाल्गुन २२, मंगलवार ०८:३८ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

भैरहवामा ५० करोडको लगानीमा चारतारे ल्याण्डमार्क होटल संचालनमा आएको छ ।  भैरहवाका स्थानीय आशा गुरुङले निर्माण गरेको होटेलको व्यवस्थापन सम्हाल्दै ल्यान्डमार्क सञ्चालनमा आएको हो ।

सिंगापुर कोलोनीमा सञ्चालनमा आएको उक्त होटेल बौद्धमार्गी पर्यटक र भारतीय पर्यटकलाई लक्षित गरेर बनाएको ल्यान्डमार्कका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका सिएन पाण्डेले बताए ।

हाल भैरहवाको होटेलमा डिलक्स, सुपर डिलक्स, फेमेली र जुनियर स्विट गरी ५० कोठा तयार गरिएको छ । निकट भविष्यमै ३० कोठा थप गरी एकैपटक एक सय ५० जनालाई सेवा दिने लक्ष्यका साथ अगाडि बढेको पाण्डेले बताए । होटेल कुल एक बिघा दश कट्ठा जग्गामा रहनेछ । अहिले मुख्य भवन दश कट्ठा जग्गामा बनेको छ ।

अब एक बिघामा ६ सय र दुई सय क्षमताको स्तरीय हल बनाएर होटेललाई ‘डिस्टिनेसन हब’ बनाउने योजनामा रहेको उनले बताए । अब बन्ने दुई हलका लागि थप ३० करोड खर्च हुने उनको भनाइ छ । अहिलेको संरचना ५० करोडको लगानीमा तयार भएको हो । अब छिट्टै नै काठमाडौं, नगरकोट र बर्दियामा ल्यान्डमार्कलाई विस्तार गर्ने योजना रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय