एनटीभीएको कोषाध्यक्षमा रामुकमार निर्विरोध

२०८० भाद्र १८, सोमबार ०६:५२ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पर्यटन सवारी सञ्चालकहरूको स‌स्था नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ ९एनटिभिए० को कोषाध्यक्षमा रामकुमार बस्नेत निर्बिरोध भएका छन् , निर्वाचन भदौ १९ गते सम्पन्न हुदैछ। तर निर्वाचन अगावै बेदराज बास्तोलाको समुहबाट कोषाध्यक्ष पदमा रामकुमार बस्नेत निर्बिरोध निर्वाचित भएका छन।
२० औँ साधारणसभाबाट चुनिने नयाँ कार्यसमिती मा बेदराज बास्तोला र प्रकाश सापकोटाको समूह प्रतिष्पर्धामा उत्रिएको छ। प्रकाश समुहले पनि कोषाध्यक्ष पदमा बास्तोला प्यानलका उम्मेद्वार बस्नेतलाइ समर्थन गरेको छ।

सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिका वडा नम्बर ६ मा जन्मिएका बस्नेत बिगत १५ बर्ष देखि पर्यटन क्षेत्रमा आवद्ध रहेर पर्यटक सवारी सन्चालन गर्दै आइरहेका छन। उनले ११ बर्षअघि देखि नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ ९एनटिभिए० मा आवद्ध रहेर संस्थाले दिएको जिम्मेवारीलाई निभाइसकेका छन।

आरकेएस भेहिकल सर्भिसेसका सन्चालक बस्नेतले एनटिभिएको कोषलाइ थप पारदर्शी र नियमितता प्रदान गर्ने र ब्यवसायी र मजदुरका समस्यालाइ सम्बोधन गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय