युरोपियन आकाशको प्रतिवन्ध हटाउन पर्यटन बोर्डको आग्रह

२०८० भाद्र ११, सोमबार १८:१६ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नेपाल भ्रमणमा रहेको स्वीडीस सांसदहरुको टोलीसंग नेपाल पर्यटन बोर्डले युरोपियन आकाशको प्रतिवन्ध हटाउन र पर्यटन प्रर्वद्धनका लागि सहकार्य गर्न आग्रह गरेको छ ।
बोर्डका कार्यकारी प्रमुख डा धनन्जय रेग्मीले दुवै देशबीच सहकार्यका पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै सहकार्यका लागि आग्रह गर्नु भएको हो ।
नेपाल लामो समय देखि युरोपियन युनियनको सेफ्टी लिस्टमा रहेको कारण नेपालको युरोपसंग सिधा उडान हुन नसकेको र यसको प्रत्यक्ष असर पर्यटनमा परेकोले त्यसबारेमा पहल गरिदिन सांसदहरुलाई आग्रह गर्नु भयो ।
‘नेपाल नेचर, कल्चर र एडभेन्चरका लागि विश्वभरकै पर्यटकका लागि आर्कषणको केन्द्र हो । धेरै युरोपियनहरु नेपालको साहसिक पर्यटनमा रमाउन नेपाल आउन चाहन्छन । तर सिधा हवाई सम्पर्क नहुदा गार्हो भएको बोर्ड सिइओ रेग्मीले जानकारी गराउनु भयो ।

हवाई सुरक्षाबारे नेपाल सरकार गम्भीर रहेर आफ्ना काम गरिरहेकोले युरोपियन आकाशको प्रतिवन्ध हटाए स्वीडेनका तर्फबाट नेपालीका लागि ठूलो उपहार हुने रेग्मीले बताउनु भयो । यस्तै सिइओ डा रेग्मीले स्वीडेन डेभलपमेन्ट कोअपरेशसन एजेन्सिज ९सिडा० संग नेपालको पर्यटन प्रर्वद्धनका लागि सहकार्य गर्न सकिने बताउँदै त्यसको लागि समेत आवश्यक समन्वयका लागि टोलीसंग आग्रह गर्नु भयो ।
भेटका अवसरमा स्वीडेनका सांसद मारिया स्टोकाउजले नेपाल लामो समय देखि युरोपियन युनियनको सेफ्टी लिस्टमा रहेको विषयलाई आफुहरुले गम्भीर रुपमा लिएको उल्लेख गर्दै यस विषयमा आफ्नो तर्फबाट थप पहल गर्ने आवश्वासन दिनुभयो ।

यस्तै सांसदद्वय एलेक्जेन्ड्रा एनेष्ट्रिल, सोफिया ल्याभेन्गेजले नेपालको पर्यटन विकासका लागि स्वीडेन सकारात्मक रहेको उल्लेख गर्दै सहकार्यका क्षेत्रहरु पहिचान गरि आवश्यक पहल गर्ने बताउनु भयो ।
स्वीडेनका लागि नेपाली महावाणिज्यदूत मौषमी श्रेष्ठले स्वीडेनका सांसदहरुको यो भेटवार्ताले नेपाल र स्वीडेनबीचको सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो ।
बोर्डका निमित्त बजार निर्देशक लक्ष्मण गौतमका अनुसार स्वीडेनबाट सन् २०१९ मा करिब ४० हजार पर्यटकले नेपाल भ्रमण गरेको थिए भने सन् २०२३ को जनवरी देखि जुलाईसम्म १४ हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय