
बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्ट (बिआइटीएम) २०२३ को तयारी पुरा भएको छ ।
पर्यटन व्यवसायीहरुको छाता संगठन नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्स ९नाट्टा० र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा बुद्ध जन्मस्थल लुम्बिनीमा अगामी मे ११ देखि १३ अर्थात बैशाख २८ गते देखि ३० गते सम्म हुदैछ ।
धार्मीक पर्यटन अन्तर्गत बुद्धिस्ट टुरीज्मलाई अन्तराष्टिय स्तरमा ब्यापक प्रचारप्रसार गर्ने उदेश्य रहेको नाट्टा का अध्यक्ष रमेश थापाले बताए । बिआइटीएम २०२३ मा देश तथा बिदेशका पर्यटन व्यवसायीहरु , बायर सेलरहरुको सहभागिता रहनेछ । ट्राभल मार्टको मुख्य उद्देश्य नेपालबाहिर र भित्रका अलगअलग बुद्धिस्ट सर्किट बनाई पर्यटन प्याकेज घोषणा गर्ने रहेको थापाले बताए । यतिबेला सम्पुर्ण तयारी पुर भैसकेको नाट्टा ले जानकारी दिएको छ ।