हवाई भाडा महंगो भएको चाइनीज पर्यटकको गुनासो

२०८० बैशाख २५, सोमबार १०:१८ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

चीनका पर्यटकहरुले नेपाल भ्रमण गर्न हवाई भाडा महंगो भएको गुनासो गरेका छन् । तीन बर्षको अन्तरालपछि चीनको आउटबाउन्ड सामूहिक पर्यटन खुलेको छ ।

कोभिड – १९ पछि चीन पूर्ण रूपमा खुला भएको समयमा नेपालमा चीनीया पर्यटक भित्राउन नेपालका पर्यटन सम्बन्धी बिभिन्न संघसंस्थाहरुले पहल गरीरहेका छन् । भर्खरै चीनमा नेपालको पर्यटन सम्भावना प्रवर्द्धन गर्ने उद्देश्यले एसोसिएसन अफ टुर एण्ड ट्राभल नाट्टा० ले चीनको व्यवसायीक तीन शहर छेङदु ,खुमीङ र बेइजिङमा नेपाल सेल्स मिसन सम्पन्न गर्यो ।

जहा चीन र नेपालका पर्यटन ब्यवसायीहरु बीचको छलफलमा चीनीया पर्यटकहरु नेपाल आउन आतुररहेको नाट्टाका उपाध्यक्ष तथा सेल्स मिसनका संयोजक वरुण मेहताले बताए । उनले भने हामीले चीनको व्यवसायीक शहरहरुमा चीनीया पर्यटन ब्यवसायीहरुसंग छलफल गर्दा चीनीया पर्यटन व्यवसायीहरुले हवाई भाडा महंगो भएको गुनासो गरे । चीनीया पर्यटकलाई सेवा सुबिधा थप गरी नेपाल भित्राउन लागिपर्ने मेहताको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय