
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महिला हिंसाका घटना सरकारविरुद्धकै षड्यन्त्रको रुपमा देखिएको टिप्पणी गरेका छन् ।
नियोजित रुपमै सरकारका विरुद्ध सामाजिक विकृतिजन्य घटना आउन खोजेका हुन् कि भन्ने लागेको भन्दै उनले समाजमा अराजकता बढ्नु चिन्ताको विषय भएको उल्लेख गरे । ‘एकातिर सरकार दुई तिहाइ बहुमतको छ । सरकार कम्युनिस्टको नेतृत्व छ’ उनले भने ‘तर अर्कोतिर समाजमा दिनदिनै विचलन देखिन्छ । विकृतिहरु अझ बढेका हुन् कि भन्या झैँ गरी देखिन्छ ।
महिला हिंसा, भष्टाचार र कालोबजारीका घटना नियोजित रुपमा नै आइरहेको भन्दै प्रचण्डले यस्ता घटना सरकारविरुद्धको षड्यन्त्रकै रुपमा आउन खोजेको उनले बताए । ‘चाहे महिला हिंसाका घटना हुन्, या भ्रष्टाचारका घटनाहरु, कालोबजारियाहरु । तिनीहरु नियोजित रुपले नै अगाडि आउन खोजेका हुन् कि Û सरकारका विरुद्ध षडयन्त्रका रुपमा आउन खोज्या हुन कि भन्या जस्तो गरी देखिन्छ’ अध्यक्ष प्रचण्डले प्रश्न गरे ‘समाज नै विस्तारै निराशा र अराजकतातिर जान खोजेको त होइन कतै ?’
अध्यक्ष प्रचण्डले धन कमाएर वा धेरै पढेर मात्रै मन आनन्दित नहुने भन्दै समाजका गलत तत्व र आर्दशका विरुद्ध लाग्नसमेत युवाहरुलाई आहृवान गरे ।