
पछिल्लो वर्षमा जघन्य अपराधका घटना २२ प्रतिशतले बढेको प्रहरी प्रधान कार्यालयको तथ्याङक छ।
आर्थिक वर्ष २०७४/७५ मा ६ हजार ६ सय २२ वटा जघन्य अपराधका घटना भएका छन्। जून अघिल्लो वर्षभन्दा २२.०५ प्रतिशत बढी हो। अघिल्लो वर्ष जघन्य अपराधको संख्या ५ हजार ४ सय ४५ थियो।
प्रहरीले ११ वटा अपराधलाई जघन्य अपराधको सूचीमा राखेको छ। जसमा खुँन डाँका, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, डाँका चोरी, लागूऔषध, अपहरण, हातहतियार तथा खरखजना, मानब बेचबिखन तथा ओसारपसार, जबरजस्तीकरणी र बिष्फोटक पदार्थ छन्। त्यसमध्ये डाँकाचोरी बाहेक सबै किसिमका अपराध पछिल्लो वर्षमा बढेका छन्।
दैनिक २ को हत्या
देशमा २ वटा हत्याका घटना हुने गरेका छन्। गत वर्ष ६ सय २८ जनाको हत्या भएको थियो। अघिल्लो वर्ष यस्तो अपराध ६ सय १६ थियो।
हत्याका घटना सबैभन्दा धेरै २ नम्बर प्रदेशमा भएका छन्। जहाँ एक सय २२ जनाको हत्या भएको छ। उपत्यकामा ५३, प्रदेश १ मा १ सय १०, प्रदेश नम्बर ३ मा ८२, प्रदेश नम्बर ४ मा ५५, प्रदेश नम्बर ५ मा एक सय १३, प्रदेश नम्बर ६ मा ४५ तथा प्रदेश नम्बर ७ मा ४७ जनाको हत्या भएको छ।
हरेक दिन ३ बलात्कार
नेपालमा हरेक दिन ३ वटा भन्दा धेरै बलात्कारका घटना हुने गरेको छ। प्रहरी प्रधान कार्यालयको तथ्याङकअनुसार बलात्कारका घटना दिनप्रतिदन बढीरहेको छ।
आर्थिक वर्ष २०७४/७५ मा एक हजार ४ सय ८० वटा बलात्कारका घटना प्रहरीमा दर्ता भएका छन्। जसले औसतमा दैनिक ३ भन्दा धेरै घटना हुने गरेको देखाउँछ।
अघिल्लो आर्थिक वर्षमा बलात्कारका मुद्दा १ हजार १ सय ३७ वटा दर्ता भएका थिए।
विगतमा भन्दा उजुरी दिने प्रवृत्ती पनि बढेकाले यससम्बन्धि अपराध बढेको तथ्याङक आएको हुनसक्ने प्रहरी अधिकारीहरु बताउँछन्।
हालै कञ्चनपुरमा एक बालिकाको बलात्कारपछि हत्या भएको आशंकामा अनुसन्धान भइरहेको छ। १४ वर्षिया निर्मला पन्तको गत बिहीबार हत्या भएको थियो।
बलात्कारका धेरै घटनामा बालिकाहरु पीडित हुने गरेका छन्। अभियुक्तहरु पनि धेरै जसो चिनजानकै व्यक्ति हुने गरेका छन् ।
प्रदेश नम्बर १ मा धेरै बलात्कार
सबैभन्दा धेरै बलात्कारका घटना प्रदेश नम्बर १ मा भएका छन्।
प्रहरीको तथ्याङकअनुसार प्रदेश नम्बर १ मा एक वर्षमा ३ सय ८४ वटा घटना भएका छन्। त्यस्तै उपत्यकामा १ सय ८९, प्रदेश नम्बर २ मा १ सय ७५, प्रदेश नम्बर ३ मा एक सय ९१, प्रदेश नम्बर ४ मा १ सय १९, प्रदेश नम्बर ५ मा २ सय ७०, प्रदेश नम्बर ६ मा ५९ तथा प्रदेश नम्बर ७ मा ९३ वटा बलात्कारका घटना भएका छन्।
पछिल्लो तीन वर्षको जघन्य अपराधको तथ्याङक-