नवलपुरको कावासोतीमा एसिड आक्रमणमा परी घाइते भएकी ३० वर्षीया बसन्ती परियारलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ। गत सोमबार राति कावासोती नगरपालिका–१६ हरिबासकी उनलाई छिमेकी ३७ वर्षीय विमल श्रीपालीले एसिड आक्रमण गरेका थिए।
एसिड आक्रमणबाट महिलाको शरीरको २५ प्रतिशत भाग जलेको थियो। एसिड प्रहार गर्नका साथै बसन्तीमाथि चक्कु प्रहार पनि भएको छ।
चक्कु प्रहारबाट उनको छाती र पेटमा गम्भीर चोट लागेको पीडितका श्रीमान् यमनारायण परियारले जानकारी दिए। उनको चितवनको भरतपुर मेडिकल कलेजमा उपचार सम्भव नभएपछि शिक्षण अस्पताल भर्ना गरिएको छ। हल बसन्तीको उपचारको लागि बिभिन्न ठाउबाट ब्यक्तिगत र संस्थागत रुपमा सहयोग भैरहेको छ ।


