बर्षाले भत्तःप्ुरको कारुणीक अवस्था

२०७५ असार २८, बिहीबार १४:२५ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

असार २७ गते रातिदेखि परेको अविरल वर्षाका कारण गएको पहिरोमा परी तीन जनाको ज्यान गएको छ भने १५ वटा घर बाढीका कारण क्षतिग्रस्त बनेको जिल्ला प्रशासन कार्यालय भक्तपुरले जनाएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलका अनुसार मृत्यु हुनेमा ७० वर्षीया हीरा लामा, पत्नी ६५ वर्षीया पानमाया लामा, नातिनी २ वर्ष ६ महिनाकी सम्पदा लामाको मृत्यु भएको छ । छोरा बुहारी भने पक्कीघरमा बसेकाले जीवित रहेको प्रहरीको भनाइ छ । राति पहिरोले थिचेर मृत्यु भए पनि परिवारले भने बिहान मात्रै थाहा पाएर शव निकाल्न लगाएको थियो ।


यस पटकको बाढीमा राजधानीको भक्तपुर नराम्ररी प्रभावित बन्यो । भक्तपुरका सयौं घरको पहिलो तल्लामा बाढी पस्दा मानिसहरु माथिल्लो तल्लामा गएर बस्न बाध्य भए भने घरको सामान, लत्ता कपडा समेत सार्न नभ्याउँदा पानीमाथि तैरिएका दृष्य सामाजिक सञ्जालमा फैलिएका छन् ।

बुधवारको अविरल वर्षासँगै आएको पहिरोले नगरकोटमा १०, बागेश्वरीमा तीन र छालिङ्गमा दुई गरी १५ वटा घर भत्किएको छ भने बाढीले कति टहरा र माटोको घर भत्काए भन्ने तथ्यांक आउन केही दिन लाग्ने प्रहरीको भनाइ छ । बाढीमा कति धनसम्पत्तिको क्षति भयो भन्ने यकिन तथ्यांक छैन ।
पहिरोमा परेका र बास नभएकाहरुलाई जिल्ला दैवी प्रकोप उद्धार समिति र नेपाल रेडक्रस सोसाइटीले पाल, भाडाकुँडा लगायतका सामग्री वितरण गरेको छ ।

हेलिकप्टरबाट उद्धार

बनेपा असार २८ बाढीका कारण अबरुद्ध अरनिको र बिपी राजमार्ग सञ्चालनमा आएको छ ।बुधबार बेलुकादेखि निरन्तर परिरहेको वर्षाका कारण खोलामा बाढी आउनुका साथै पहिरोले अवरुद्ध भएको अरनिको र बिपी राजमार्ग दुवै सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । यस्तै नमोबुद्ध नगरपालिका–६ खाक्सिस्थित खानेपानीको काम गरिरहेका रोशी खोलाको बीचमा परेको दुई जनाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

नमोबुद्ध नगरपालिका–६ खाक्सी र दाप्चाका लागि लिफ्टिङ खानेपानी आयोजनामा खोलामा इनार खनिरहेका डोजर अपरेटर नमोबुद्ध नगरपालिका–७ दाप्चाका नारायणगोपाल श्रेष्ठ र सहचालक धुलिखेल नगरपालिका–२ का कान्छा तामाङलाई सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो । दुवै जना खोलामा काम गरिरहेको अवस्थामा एक्कासि खोला बढेर दुवै तर्फबाट बाढी पसेपछि बीचको अग्लो ढुंगामा बसिरहेको अवस्थामा दुवैजनाको उद्धार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय