एनआरएनए’को नव-निर्वाचित पदाधिकारीहरुलाई श्वेताश्री फाउन्डेसनको  सम्मान

२०७६ कार्तिक ९, शनिबार ०९:०३ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

गैर आवसिय नेपालीहरुको संगठन ‘एनआरएनए’को नव-निर्वाचित पदाधिकारीहरुलाई श्वेताश्री फाउन्डेसनले  सम्मान गरेको छ। नव-निर्वाचित अध्यक्ष कुमार पन्त सहितको नयाँ कार्यसमितिलाई सम्मान तथा बधाई ज्ञापन गरिएको हो।

राजधानीमा भएको सम्मान कार्यक्रममा लागि विजयी पदाधिकारीहरुको उपस्थिती थियो।  संस्कृती तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विशिष्ट व्यक्तिहरुको बाक्लो उपस्थिति थियो। मन्त्री भट्टराई र श्वेताश्री फाउन्डेसनकी अध्यक्ष ताहा नायिका श्वेता खड्काले संयुक्त रुपमा विजयीलाई बधाई ज्ञापन गरेका थिए।

कार्यक्रममा श्वेताश्री फाउन्डेसनबाट सिन्धुपाल्चोकमा बन्दै गरेको माझि बस्तीका लागि केहि रकम समेत उठेको थियो। पहिलो चरणको काम पूरा भइसकेको र दोस्रो चरणको काम गर्नको लागि श्वेता पैसा संकलन गरिरहेकी छिन्।

https://www.youtube.com/watch?v=fZ1NSaTR0kE&t=2s

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय