सिन्धुपाल्चोक कालीका मावीमा जान्वी फाउन्डेशन र क्षेत्रीसमाज बेलायतद्धारा भवन निर्माण हुने

२०७५ चैत्र २६, मंगलवार १४:३७ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

नायिका तथा मोडल जान्वी बोहोरा यतिबेला समाजसेवामा संलग्न हुन थालेकी छन् ।

आफ्नै जन्मथलो सिन्धुपाल्चोकस्थित त्रिपुरासुन्दरी नगरपालीका स्थित कालीका माध्यमिक बिद्यालयमा २ कोठे पक्की भवन तथा बिद्युतीय पुस्तकालय निर्माणको लागि मोडल तथा नायिका जान्वी यतिबेला सक्रिय रुपमा लागेकी छन् ।

क्षेत्रीसमाज बेलायतको आर्थिक सहयोगमा जान्वी फाउन्ढेशनद्धारा निर्माण गरीने दुई कोठे पक्की भवन तथा बिद्युतीय पक्की भवनको कालिका मावि त्रिपुरासुन्दरी ६ टेकानपुरमा सोमबार शिलान्यास गरीयो ।

शिलान्यास कार्यक्रममा कालिका मा विका प्रधानअध्यापक रीषीराम पौडेलले आफ्नो स्थानमा आएर बिद्यालय निर्माणमा सहयोग गरेकोमा खुशी ब्यक्त गरे ।

कार्यक्रममा जान्वी फाउन्डेशनकी अध्यक्ष नायिका तथा मोडल जान्वी बोहोराले आफ्नो जन्मथलोमा रहेको बिद्यालयको लागि भवन बनाउन र भबिष्यका कर्णधार भाईबहिनिहरुको शिक्षामा केही कमि हुन नदिने उदेश्यका साथ बिद्युतिय पुस्तकालय निर्मााण गर्न लागेको बताईन ।

सानैदेखि आफ्नो गाउठाउको विकास गर्ने रुची भएको उनको भनाई थियो । भवन शिलान्यास कार्यक्रममा जान्वी तथा स्कुलका शिक्षक तथा स्थानीय पदाधीकारीले सहयोग गर्ने क्षेत्री समाज बेलायतका पदाधिकारीप्रति आभार ब्यक्त गरे ।

भवन र बिद्युतीय पुस्तकालय आगामी असोज सम्म निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

सिन्धुपाल्चोक त्रिपुरासुन्दरी नगरपालीका कालीका माध्यमिक बिद्यालय भवन निर्माण शिलान्यास फोटो फिचर

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय