कृर्षि नीति र बिधेयक अड्कीयो,क्वारेन्टाइन बढी भयो- डा. गोबिन्द शर्मा

२०८२ आश्विन २९, बुधबार ०३:४० ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

कृषि तथा सचिव ,कृषि तथा पशुपक्षी मन्त्रालय सचिव डाक्टर गोबिन्द शर्माले कृर्षि नीति र बिधेयक बिभिन्न कारणले अड्कीएर बसेको बताएका छन् । नर्सरी ब्यवसायी संघ नेपालको आयोजनामा मंगलबारबाट भृकुटीमण्डपमा शुरु भएको तिहार फ्लोरा एक्सपो २०८२ उद्घाटन गर्दै सचिव शर्माले भने कृषि बिधेयक तयार भएर आइसक्या थियो ,कानुन मन्त्रालय बाट फीड्ब्याक लिएर आएका थियौ, कृषि नीति समय सापेक्ष बनाएर रेडि छ तर अड्कीएको छ ,अहिलेत प्रतिनिधिसभा पनि छैन ।
सचिव डाक्टर गोबिन्द शर्माले कृर्षि क्षेत्रमा क्वारेन्टाइनको पनि ठुलो समस्या रहेको बताए । उनले भने “सबै आउनुहुन्छ जिल्लै पिच्छे क्वारेन्टाइन रख्नुपर्छ भन्छन क्वरेन्टाइन जति राख्यो उति कृषि क्षेत्र कम्जोर हुन्छ ।हामी थप्ने हैन भन्छौ , यसमा नितिगत नै लडाइँ हुन्छ ,हामी अडिग छौ तर कहिलेकाही सरकारको धारणा के हुन्छ भने थप्न पर्यो राज्स्व बढ्छ । तर राजस्व ३र४ करोड बढ्ने हो तर किसानको उत्पदन नै मर्यो भने कति घाटा लाग्छ त्यो था छ भनेर हिसाब किताब सम्झाउने गर्छौ ।” शर्माले किसानमैत्री नीति हुनुपर्छ भन्नेमा संधै आफुहरु सजग रहेको पनि बताए । यता फलफूल नर्सरी सबैको भेराईटी छुट्याउनु छ तर नेपालमा नर्सरीको जातहरुको बिधा छुट्यार गणपुरक सख्या नपुगेर रजिस्टर नभएको पनि सचिव डाक्टर गोबिन्द शर्माले बताए । शर्मा थप्छन् “नेपाली उत्पदन गर्नेलाई प्रमोट गर्ने हो । नीति ,कृषि बिधेयक विविध कारणले पास हुन सकेको छैन । अलमलमा रहेर अल्झ्जिएर। फुल आयात कुन प्रदेशमा के उत्पदन हुन्छ भन्ने रिपोर्टिङ सम्म छैन एकपटक अनुमती लिएर पटकपटक भित्राउने प्रबृत्ति मौलाउदैछ , भन्सार हाम्रो हातमा छैन । ”

५ दिनसम्म चल्ने तिहार फ्लोरा एक्स्पोमा ६२ वटा व्यवसायीक स्टललगायत वनस्पती विभाग, पुष्प विकास केन्द्रसहितको अफिसियल ४ वटा स्टल तथा प्रतिश्पर्धाको ४ वटा स्टल समेत गरी जम्मा ७० वटा स्टल रहेका छन् ।
कार्यक्रममा व्यवसायीहरुको क्षमता विकासका लागि स्वस्थ प्रतिस्पर्धा गराई व्यवसायीहरुको हौसला बढाउन शिल्ड, नगद तथा प्रमाण ( पत्रद्वारा पुरस्कृत गरिएको छ । एक्स्पोमा विभिन्न प्रजातीका फूल फुल्ने तथा नफुल्ने आलंकारीक फूल विरुवाहरुलगायत कृषि तथा वन, जडिबुट्टी नर्सरी, फलफूल नर्सरीबाट उत्पादित विविध प्रजातीका बोट विरुवाहरु प्रदर्शनी तथा विक्री र वितरणको लागि राखिएको छ ।


साथै, एक्स्पोमा मलखाद, अर्गानिक एवं रासायनिक विषादी, विउ विजन, औजार उपकरण तथा प्रविधिहरुको समेत स्टल रहेको छ । एक्स्पोमा ३५ हजार अवलोकनकर्ताहरुले अवलोकन गर्ने साथै ७० लाख भन्दा बढीको आर्थिक कारोवार हुने अपेक्षा गरेको आयोजकले जनाएको छ । एक्स्पो अवलोकन गर्न सर्वसाधारणहरुको लागि प्रवेश शुल्क प्रति व्यक्ति १ सय रुपैयाँ र विद्यार्थीहरु तथा जेष्ठ नागरिकको लागि प्रति व्यक्ति ५० रुपैयाँ तोकिएको छ । एक्स्पोको प्रवर्द्धक पुष्प विकास केन्द्र र वनस्पति विभाग रहेको छ ।
एक्स्पोले आर्थिक मन्दिले सुस्ताएका हरित अर्थतन्त्र विकासमा संलग्न उद्यमी व्यवसायीहरु तथा यस व्यवसाय प्रति अभिरुचि राख्ने र समग्र कृषि क्षेत्रमा लगानी गरेर रोजगारी सिर्जना गर्ने सपना देखिरहेको उद्यमी व्यवसायी तथा जिज्ञासु साथै अध्ययन अनुसन्धानमा संलग्न व्यक्ति व्यक्तित्वहरुलाई उत्साहित र झकृत गर्ने आयोजकले विश्वास लिएको छ ।
https://www.facebook.com/reel/1171790748200620

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय