होर्टीकल्चर एक्सपोमा जीतु नेपाल मुन्द्रे पुग्दा ब्यवसायी उत्साही

२०८० चैत्र १८, आईतवार १३:३८ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

मुन्द्रेको कमेडी क्लब बन्द भएपछि आराम गरीरहेका कलाकार जीतु नेपाल मुन्द्रेले भृकुटीमण्डपमा चलिरहेको होर्टीकल्चर एक्स्पो २०८० अवलोकन गरेका छन् । एक्सपोको तेश्रो दिन जितु नेपाल मुन्द्रे भृकुटी मण्डपमा पुग्दा नर्सरी ब्यवसायीहरु उत्साहित देखिए । जीतु नेपालसंग सेल्फी र फोटो भीडीयो खिच्न अवलोकनकर्ताहरुको भीडनै लागेको थियो ।

आफ्नै साथी नर्सरी ब्यवसायीसंघ नेपालका अध्यक्ष राम्जी प्रसाद तिमिल्सिनाले निम्ता गरेपछि नआउने कुरै भएन जीतुले भने हामी साथी हौं हाइट पनि मिल्ने कुरा पनि मिल्ने  , जीतु नेपालले एक्सपोमा रहेका सबै स्टल समय लिएर अवलोकन गर्दै फूल बिरुवाको बारेमा जानकारी लिए । जानकारी पश्चात जीतुले कृर्षि फलफूलको संरक्षण गर्न सबैले उत्साह प्रदान गर्नुपर्ने बताए ।
नर्सरी व्यवसायी संघको आयोजनामा भृकुटीमण्डपमा चलिरहेको होर्टीकल्चर एक्स्पो ( रास्ट्रीय बागबानी प्रदर्शनी मेला) ०२०८० अवलोकन गर्नेहरुको भीढ बढेसंगै एक्स्पोको तेश्रो दिन आइतबार २० हजार अवलोकनकर्ताले अवलोकन गरेको संघले जनाएको छ । तेश्रो दिन एक्सपोमा झन्डै ४० लाख बराबरको कारोवार भएको सघले जनाएको छ । कृश्चियन धर्मावलम्बीहरुले इस्टर सन्डे मनाउन आइतबार भृकुटीमण्डपमा कार्यक्रम राखेकाले एक्सपो अवलोकन गर्ने संख्या बढेको संघले दाबी गरेको छ । शुक्रबार बाट शुरु भएको होर्टीकल्चर एक्स्पो २०८० सोमबार सम्म चल्नेछ । एक्सपोमा आउटडोर इन्डोर प्लान्ट कृर्षिबन ,जडीबुटी, पुष्प फलफूल गरी ७ सय भन्दा बढी प्रजातिका बिरुवासंगै बिउ बिजन मल कृर्षि औजार लगाएतका सामाग्रीहरु रहेका छन् ।

फोटो फिचर

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय