नायिका आंचललाई हाई हिलले दिएको दुख

२०८१ बैशाख ३, सोमबार १२:२८ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

हाई हिल युवतीहरुको फेसननै हो । स्मार्ट देखिन हाई हिल लगाउने चलन छ ,त्यसमा चर्चा बटुलिरहीकी नायिका आचल शर्मा हाई हिल नलगाउने कुरै भएन । ग्ल्यामर दुनियाँमा नायिकाको छाप बनाइसकेपछी ड्रेस अप मेक अप स्यन्डल हाउभाउ सबै कुरामा ध्यान दिनै पर्यो । डिग्री माइला फिल्मको भब्य प्रीमिएर शो मा नायिका आचल शर्माले सबैको नजरमा परिन । उनी क्रीम कलरको साइड ओपन लेहेगा र हाईहिलमा आकर्षक देखिएकि थिइन ।

तर जब प्रीमियर अगाडि फिल्मको टिमको परिचयको कार्यक्रममा सहभागी हुन उनलाई स्टेजमा बोलाईयो तब नायिका आचलको हाई हिलले डिस्ट्रब गर्यो झन्डै लड्न पुगिन,धन्न धन्न आफै सम्हालिन र स्टेजमा कार्यक्रम चलाईरहेका कार्यक्रम सचालक नरेश भट्टराईले उनलाई हातले समाउदै साथ दिए । यो सानो क्लिप्स येतिबेला टिक्टकमा भाइरल छ ।

हुन त यो समस्या नायिका आचलको मात्र हैन प्राय महिलाहरुको हो कतिपय बेला त हाई हिल लगाउदा लडेर ज्यानै जोखिममा समेत परेका उदाहरण छन । नायिका आचल शर्मा पछिल्लो समय निकै फिट र ड्रेस अपमा र बडी मेन्टेनमा सचेत बनेकी छन , आजभोलि हरेक कार्यक्रममा सहभागी हुदा उनी आकर्षक लुक्समा सबैको नजरमा पर्छिन । त्यसो त लूक्स मा मात्र हैन आफ्नो अभिनयलाई पनि उनले सुधारेकी छन , डिग्री माइलामा दयाहाङ राई सग जोडी बन्दा आचलले अब्बल अभिनय गरेकी छ्न । एतिबेला आचल अभिनित रामबाबु गुरुङले निर्देशन गरेको चलचित्र डिग्री माइला प्रदर्शन भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय