शारदा थापा
चलचित्र र करोड झन्डै पर्यावाची जस्तै बन्न थालेको छ । अहिलेको समयमा जति चलचित्रहरु बनेका छन् करोडभन्दा कमका छैनन । लगानीकर्ताको भनाईलाई नै आधार मानेर समाचार बनाउनुपर्ने हुन्छ,करोड लगानी गरेको चलचित्रको गुणस्तर जस्तोसुकै होस कुनै पनि निर्माताले एक करोड भन्दा कममा चलचित्र बनेको भन्दै भन्दैनन ।
यस बर्ष चलचित्रकोे पछिल्लो ब्यवसायीक आंकडा हेर्ने हो भने छक्कापन्जा ३ , जयभोले ,चंगाचेट लगाएत केही थोरै चलचित्रले निर्माताको लगानी उठाएर राहत दिएको रेकर्ड छ ।अरु दर्जनौ चलचित्रमा गरीएको लगानी निर्माताले बालुवामा पानी हाले सरह नै भएको छ । करोडौ लगानी गरेको सिनेमा शुक्रबार हलमा लाग्छ मात्रै दर्शक शुन्य भैदन्छिन ।
कतिपय निर्माताहरुले त चलचित्र बनाउदा बनाउदै पैसाको अभावमा सुटीङ रोके ।
कतिपय निर्माताले चलचित्र बनाईसकेपछि प्रमोशन पब्लीसीटीको लागि रकम अभावकै कारण चलचित्र आए गएको पत्तै भएन । कति चलचित्रमा स्टारडम भन्दै नायक तथा नायिकालाई मात्रै पारीश्रमीक लाखौं दिएको हुईम मच्चाएर खर्च बढेको भन्न भ्याए । कुनै चलचित्र बिदेशमा सुटीङ गरीएका कारण खर्च बढेर करोड नाघेको यावत तथ्यहरु छन् । कतिपय निर्माताले घरजग्गा बेचेरे चलचित्रमा लगानी गरेर रिलिजको समयमा पब्लीसीटी गरेन भनेर मिडियामा डाको छाडेरै रोएका छन् ,कोई निर्माता बिज्ञापन गरेको हिसाब तिर्ननसक्दा अब आत्महत्या गर्छु समेत भन्दै हिंडेको तितो यथार्थ जगजाहेर छ । करोडौ लगानी भएको भनिएको चलचित्रमा काम गरेर पनि पारीश्रमीक नपाएको गुनासो उत्तिकै छ । कति निर्माताहरु आफ्नो लगानी डुबेर डिप्रेशनमा छन् त कतिपय बिदेशीएका छन् ।
तर चलचित्र बन्नेक्रम संख्यात्मक रुपमा चुलीदो छ । यस बर्षको अन्तिम महिना चैत्रमा बिग बजेटका र राम्रा ब्यानर भनिएका ११ वटा नेपाली चलचित्र रिलिज गर्ने डेट फिक्स भैसकेको छ भने फागुनमा मात्रै ६ वटा चलचित्र रिलिज हुनेछ । यि १७ वटा चलचित्रका निर्माताहरु सबैले आफ्नो चलचित्रमा करोड लगानी भएको बताएका छन् । ति मध्ये राम्रा ब्यानरका मेकरले २ सवा २ देखि ३ करोड सम्म चलचित्रमा लगानी गरेको बताएका छन् ।
रिलिज हुने चलचित्रमा स्टार क्रेजभएका कलाकारले अभिनय गरेको , अंग्रेजीमा सबटाईटल राखीएको ,बिदेशका रमणीय लोक्शनमा सुटीङ गरीएको देखि सबैको भाग्य भबिष्य हेर्ने ज्योतीषले अभिनय गरेको चलचित्रसमेत चैत महिनामा रिलिज हुदैछ । एउटा चलचित्रमा १ करोड लगानी उठाउन त्यो चलचित्रले ग्रस मात्रै ३ करोड कमाउनु पर्छ त्यसपछिको कमाई मात्रै निर्माताको नाफा हो ।
रिलिजको पहिलो हप्ता हलमा हाउसफुल दर्शक पाएमा ३ देखि ४ दिनमा चलचित्र बितरक माधव वाग्लेका अनुसार ३ करोड ग्रस हुनसक्छ जसलाई इन्नीसीयल हान्यो फिल्मले भनिन्छ । कुनै चलचित्र स्लो गतीमा अगाडि बढ्छ ।
यसरी हिसाव गर्दा फागुन र चैतमा रिलिज हुने फिल्म निर्माताको भनाई अनुसारको लगानीको हिसाव गर्दा ९० करोड भन्दा बढीको ब्यापार भयो भने निर्माताको लगानी सुरक्षीत हुन्छ र नाफाको लागित अझ धेरै ब्यापार हुनुपर्छ । के ९० करोड उठाईदिने नेपाली दर्शक छन् त चैतमासको खडेरीमा ? प्रश्न यहा छ ।
नेपाली चलचित्र क्षेत्रमा त करोडौ लगानी गरेको चलचित्रले लाखको ब्यापार गर्दा मेरो चलचित्र करोड क्लबमा प्रबेश गर्यो भन्दै केक काटेर खुशीयाली मनाएर आत्मरतीमा रमाएको तितो यथार्थ समय समयमा देखिन्छ ।
निर्मातालाई आफ्नो लगानीको घाटाको ब्यापार ह्याङआउट गर्न कि आफै केक काटेर रमाउने ,कि २ ४ हजार दिएर करोड क्लबमा प्रबेश गरेको समाचार लेखाउने , कि घरबार बेच्ने कि त फिल्मलाईननै छोड्ने भन्दा विकल्प अरु छैन ।
चलचित्रसंघका अध्यक्ष समेत रहेका चलचित्र निर्माता प्रदीप उदय भन्छन नराम्रा चलचित्रहरु धेरै बने जसको असर राम्रो चलचित्रलाई पर्यो र नेपाली चलचित्र चल्न छोड्यो । नेपाली चलचित्र क्षेत्रमा राम्रो चलचित्रनै बन्दैन जसको असर राम्रो चलचित्रलाई परेको हो नायक तथा क्याप्टेन निर्माता भुवन केसीको बुझाई पनि उस्तै छ । चलचित्र बितरक समेत रहेका निर्माता गोबिन्द शाही भने फरक मत राख्छन् बजार यस्तै छ अब ओभरसीज राईट लगाएत बिभिन्न राईटबाट फिल्मको लगानी उठाउनु पर्ने बताउंछन् ।
पछिल्लो समय लगातार चलचित्र घाटामा गैरहेको स्विकार्छन चलचित्र निर्मातासंघका अध्यक्ष निर्देशक तथा नायक आकाश अधिकारी भन्छन् अब चलचित्र के कारणले चल्न सकेन भनेर चलचित्र निर्माता ,बितरक प्रदर्शक सबैले सोच्ने बेला आएको छ । यता चलचित्र बितरक तथा निर्माता माधव वाग्ले चलचित्र जे पायो त्यही र जस्ले नी फिल्म बनाउने चलनले फिल्मको ब्यापार हुन छोडेको बताउंछन् ।
पछिल्लो समय पेशागत चलचित्रकर्मीहरुको लगानी कम हुन थालेको छ भने चलचित्रमा लगानी गर्नको लागि ब्ल्याक मनी ह्वाईट गराउन ,अन्यत्र कमाएको पैसा तह लगाउन र रंगीन दुनीया“को रमझममा रमेर कतिपय निर्माताहरु भित्रिएका छन् ।
तर ब्यापार भने शुन्यनै छ । एउटा निर्माताको लगानीमा सयजना भन्दा बढीले रोजगार पाउ“छन् , कलाकारले कला देखाउ“छ आफ्नै क्रेज बढाउ“छ ,सबैको करीयरको बाटो खुल्छ ,भाग्य चम्कन्छ तर निर्माता भने रित्तिएर खोक्रो भैरहेको हुन्छ ।
अब चलचित्रको ब्यवसायिकता ,गुणस्तरीयता र चलचित्र औद्योगीकीकरणको नेतृत्व गरीदिने को होला ?



