बच्चा कहिले भन्ने प्रश्नले निश्चल घरमै

२०८१ आश्विन ५, शनिबार ०८:५३ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

लुट फिल्म निर्देशन गरेपछि सदवहार चर्चामा रहीरहेका निर्देशक तथा कलाकार निश्चल बस्नेत बच्चा कहिले भन्ने प्रश्नको सामना गर्न दिक्क लागेर घरै बस्ने गरेको गुनासो गर्छन । हालै आफै निर्माण गरेको बेहुली फ्रम मेघौली चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा निश्चलले सबैतिरबाट बच्चा कहिले जन्माउने भन्ने प्रश्न आइरहेको बताउदै उनले भने एक दुई जनाले सोध्दा सम्म त ठिकै हो तर जता गए पनि एउटै प्रश्न आइरहेपछि दिक्क लाग्ने रहेछ । निश्चलले थपे पहिला पनि विवाह कहिले भनेर हैरान हुने गरी प्रश्न आउथ्यो त्यसपछि आफन्त नातागोता यक कुनै फंसनतिर त जानै छाडीकसेको थिए अहिले अब सन्तान कहिले भन्ने प्रश्न आइरहन्छ । त्यसो त निश्चल बस्नत र नायिका स्वस्तीमा खड्काको विवाह भएको नौ बर्ष भयो । उनिहरु निरन्तर चलचित्र खेल्ने निर्माण गर्ने गरीरहेका छन् । र असोज १५ बाट प्रदर्शनमा आउने बेहुली फ्रम मेघौली पनि ढिला विवाह गर्ने र समाजले हर्ने नजर कै बिषय बस्तुलाई लिएर निश्चल र स्वस्तीमाले बनाएको फिल्म हो

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय