‘पुजार सार्की’छायांकन सकियो

२०८० चैत्र ८, बिहीबार १६:१९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिल्म ‘पुजार सार्की’फिल्मको ‘दर्शन गरेँ हल्का निहुरेर’ बोलको कौडा गीतको छायांकन गरेसँगै सम्पूर्ण छायांकन सकिएको निर्देशक दिनेश राउतले बताएका छन् ।

फिल्मको कौडा गितमा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अन्जना बराइली, परीक्षा लिम्बुको नृत्य रहेको छ ।

फिल्ममा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शंकर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको अभिनय छ । यो फिल्मको छायांकन कास्कीकोट गाउँमा गरिएको छ ।

विकास सुवेदीले फिल्मको कथा लेखेका हुन् । फिल्ममा सुभाष भुसालको लगानी र संगीत छ । राजेश श्रेष्ठको छायांकन रहेको फिल्ममा सुप्रिम पराजुलीको सम्पादन, हिमाल केसीको एक्सन छ । आरआर फिल्मस्ले यो फिल्मको वितरण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय