नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको सातौँ संस्करण सुरु

२०८० चैत्र २, शुक्रबार ०५:३९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको सातौँ संस्करण सुरु भएको छ । बिहीबार सुन्धाराको सिभिल मल स्थित क्युएफएक्समा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सिनेकर्मीको उपस्थितिमा महोत्सवको उद्घाटन भएको हो ।

कार्यक्रममा सूचना, सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले सिनेमालाई मनोरञ्जनको रुपमा मात्रै लिन नहुने भन्दै सिनेमाले सामाजिक रुपान्तरणका लागि महत्वपूर्ण योगदान दिनेमा जोड दिइन् । साथै विश्वभरीका फिल्म मेकरका लागि महत्वपूर्ण स्थान रहेको बताउँदै उनले भनिन्, ‘हिमाल, पहाड र तराईको भौगोलिक विविधताको संगम हुनुका साथै प्राकृतिक र साँस्कृतिक हिसाबले चलचित्र छायांकनका लागि विश्वमै महत्वपूर्ण स्थल हो । त्यसैले सिंगो नेपाल नै फिल्म स्टुडियोको हिसाबले विकास गर्न आवश्यक छ ।’

त्यस्तै वर्तमान अवस्थामा नेपाली फिल्मलाई सकारात्मक र नकारात्मक दुवै कोणबाट हेर्न सकिने निर्देशक तथा अभिनेता नीर शाहले बताए । उनले भने, ‘वित्तीय व्यवस्थापनको अलमल र बजार व्यवस्थापनको हेलचेक्र्याइँले गर्दा नेपाली फिल्म केही पछाडि परेको अनुभुति हुन थालेको छ । तथापि केही उच्च कोटीका प्रस्तुतिका कारणले गर्दा राष्ट्रिय चलचित्रले आफ्नो अभियानलाई सही दिशा तिर तिब्रता दिन सफलता हाँसिल गर्दै गएको पनि छ ।’बिहीबारदेखि सुरु भएको महोत्सवमा ४० देशका ८८ फिल्मतथा डकुमेन्ट्री प्रदर्शन हुँदैछन् । आनी छोइङ डोल्मामाथि बनेको डकुमेन्ट्री मिसनइम्पोसिबलसँगै सुरुवात भएको महोत्सवको पहिलो दिन अर्को नेपाली फिचर फिल्म डेसान पनि देखाइएको छ । चैत्र ५ गतेसम्मचल्ने महोत्सवका फिल्म छाया सेन्टर, सिभिलमल, लबिममल र भक्तपुर भाटभटेनीका क्युएफएक्स हलमा हेर्न सकिन्छ भने सिनेमा सम्बन्धी बहस भृकुटिमण्डपस्थित राष्ट्रिय सभागृह र नेपालपर्यटन बोर्डको हलमा हुनेछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय