भारत नेपाललाई थप चार हवाइमार्ग उपलब्ध गराउन सहमत

२०७५ असार २, शनिबार १८:०१ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

भारतले उडान सुरक्षाको अध्ययनपछि नेपाललाई थप चार हवाइमार्ग उपलब्ध गराउन सहमत भएको छ ।

नेपाल र भारतका हवाई अधिकारीबीच भएको तीन दिने छलफलबाट जनकपुर, विराटनगर, नेपालगञ्ज र महेन्द्रनगर नया“ हवाईमार्ग उपलब्ध गराउने सहमति भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

नेपाल र भारतबीच थप हवाइमार्ग उपलब्ध गराउने विषयमा भएको द्विपक्षीय छलफलमा सहमति भए पनि केही विषयमा भने अध्ययन गरिने बताइएको छ ।

गत जेठ ३१ देखि शुरु भएको द्विपक्षीय वार्तामा भारतीय अधिकारीले जनकपुर–पटनाबीचको एकतर्फी हवाइमार्गलाई दुईतर्फी बनाउन सहमत भएका हुन यस्तै पश्चिमतर्फ महेन्द्रनगर हु“दै कम उचाईमा उडान गर्ने वायुयानका लागि हाल सञ्चालनमा रहेको काठमाडौ– महेन्द्रनगर–दिल्ली हवाई रुटलाई दुई तर्फी बनाउन दुबै पक्षको सहमतिमा उडान सुरक्षा मूल्यांकन गरी लागू गरिने भएको छ ।

पूर्वमा विराटनगर र जनकपुरबाट प्रवेश विन्दुका लागि काठमाडौदेखि विराटनगर र काठमाडौ–जनकपुरबीचको हवाइमार्ग समेत दुईतर्फी बनाउने सहमति भए पनि त्यसमा उडान सुरक्षा मूल्यांकनको आधारमा सो मार्गमा वायुयान प्रवेश गर्नसक्ने व्यवस्था मिलाइने भएको छ ।

निर्माणाधिन गौतमबुद्ध, पोखरा र निजगढ विमानस्थलमा बढी उचाइमा उडान भर्ने अन्तर्राष्ट्रिय वायुयानका लागि नेपालगन्ज तथा महेन्द्रनगरबाट प्रवेशमार्ग उपलब्ध गराउनुपर्ने नेपालको प्रस्तावमा भारतीय अधिकारीले प्राविधिक मूल्यांकन गर्नुपर्ने विषय उठाएका थिए ।

तर सो मार्गका बारेमा भने सन् २०१८ को सेप्टेम्बरभित्र विस्तृत प्राविधिक मूल्यांकन गर्ने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय