जनस्तरबाट निर्माण भईरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानका लागि बिभिन्न क्षेत्रबाट सानो ठुलो सहयोग जुटाउने काम भैरहेको छ । पछिल्लो समय कोरोना महामारीका कारण भिडभाड जम्मा भएर कुनै कार्य गर्नका लागि असहज भएपछि मरण तथा मरणुप्रन्त गरीने कार्यहरुपनि सहज बनाउन बिभिन्न तरिका अपनाउन थालीएको छ ।
यसैबीच आफ्ना परिवारको कुनै ब्यक्तिको काजक्रियाहरुको खर्च पनि समाजिक कार्यमा लगाउन थालिएको छ । सिन्धुपाल्चोकका हाल काठमाडौं बसोबास रहेका राम कुमार बस्नेतले आफ्नो पिताको बार्षिकिमा लाग्ने खर्च जनस्तरबाट निर्माण भईरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानका लागि प्रदान गरेका छन् । स्वर्गीय माता पबित्रा बस्नेत र स्वर्गीय पिता मित्र ध्वज बस्नेत अर्जुनको सम्झनामा १० हजार १६ रुपैयाँ सहयोग धुर्मुस सुन्तली फाउण्डेशनलाई प्रदान गरएिको छ । खासै ठुलो सहयोग त हैन तर अन्यत्र खर्च हुने थोरै रकम रंगशाला निर्माणको लागि प्रदान गरीएको सहयोग प्रदान गर्दै बस्नेतले भने । राष्ट्र निर्माण, तपाई हाम्रो अभियान भन्दै धुर्मुस सुन्तली फाउन्डेशनले रंगशाला निर्माणको सहयोगको लागि आब्हान गरीनैरहेको छ ।



