“यो मुला स्टारडम ,सेलीब्रेटी पपुलारीटी फेम भन्ने कुरा छ नी मुतको न्यानो जस्तो मात्रै हो एकछिन तातो हुन्छ मजा आउंछ ,
एक छिनपछि घीन लाग्न थाल्छ गन्हाउंछ ”
यो संवाद भएको ट्रेलर जब सेल्फीकिङ चलचित्र युनिटले सार्वजनिक गर्यो तब आम चलचित्र प्रेमीहरुमा एकखालको कौतुहलता रह्यो ,स्टारहरुको जिन्दगी खास के हो त भनेर । का“चको पर्दामा परिचित सबैले स्टारको रुपमा बुझेको अनुहारको पर्दापछाडिको भित्रि जिन्दगी कत्तिको पीडादायी हुन्छ आर्थिक अभावका कारण भनेर देखाउन खोजीएको कथानै नै सेल्फीकिङ चलचित्रको कथा हो जुन कथा सबै कलाकारको जिवनस“ग ठ्याक्के मेल नखाएपनि कहीकतै कलाकारहरुले आफुस“ग सम्बन्धीत छ जस्तो आभाष गर्न सक्छन् । एक हरफमा चलचित्र सेल्फीकिङको सार यहिनै हो ।
चर्चित कलाकार बिपिन कार्की गोपाल नामक पात्रको रुपमा टेलीभीजन सीरीयलका हिट कमेडी कलाकारको रुपमा आम जनमानसमा चर्चित हुन्छन् । आफ्नो छोरालाई टेलीभीजनमा देख्दा घरमा बसेर आमा (भुवन चन्द) मख्ख पर्छिन भने बाबु (लोकमणी सापकोटा) भने दिक्क मान्छन् ,छोराले घरमा पानी तान्ने मेसीन सम्म किन्न सक्ने आर्थिक स्तर नराखेकोमा टिभी हेर्दाहेर्दै गोपाल उर्फ सेल्फीकीङ विपीन कार्कीका बाबुलाई ब्रेन स्ट्रोक हुन्छ । हत्तारहत्तार उनलाई अस्पताल लैजाने काम हुन्छ र विपीन कार्की अस्पताल पुग्छन् डक्टरले (अमितेश शाह) ब्रेन ह्याम्रेज भएकोले केहीदिन मात्र ब“ाच्ने जानकारी गराउ“दै ब्यक्तिगत रुपमा बाबुलाई अप्रेशन नगर्न सल्लाह दिन्छन् । सोही समयमा उनको पुर्वनिधार्रीत सल्लेरीमा स्टेज कार्यक्रम सम्झनछन । बिरामी बाबुलाई आम दिदी भिनाजु र पत्नी लक्ष्मी बर्देवासंग आफु कार्यक्रममा जानैपर्ने, नभए बाबुलाई अस्पतालमा राख्दा लागेको खर्च टार्न गार्हे हुने बता“छन् र हिड्छन् ।
सोहीसमयमा उनको पत्नीस“गको सम्बन्धमा तिक्तताको झल्को देखिन्छ ,आफ्नी श्रीमतीसंग झर्कोफर्को गरी बोल्ने गोपाल प्रेमीकाको फोन आउदा पीडामै भएपनि मख्ख परेर बेबी भन्देै बोल्छन् ,तर उनको श्रीमतीसंग सम्बन्ध किन राम्रो छैन भन्ने कौतुहलता चलचित्रको अन्त्य सम्म दर्शकलाई लागीरहन्छ । सल्लेरीको कार्यक्रममा जानको लागि आयोजकले पहिला प्लेनको टिकटको ब्यवस्था गर्छु भनेर आश देखाएर बिभिन्न बाहनामा अन्तमा सेल्फीकिङ गोपाललाई (विपिन कार्की ) २४ घन्टाको बाटो बसमा आउनु भन्दा पनि उनि जान तयार हुन्छन् र जान्छन् । यात्रामा उनि चाहन्छन आफुलाई कसैले नचिनोस तर उनलाई सेल्फीकिङ भनेर चिनेरै सेल्फीकिङसंग सेल्फी लिन्छन् । यात्राको दौडानमा आफ्नो बुबालाई गाहे भएको खबर आउंदा उनि सल्लेरी स्टेज कार्यक्रममा पुग्नेकी बीचबाटै फर्कने दोधारमा पुग्छन् तर सल्लेरीतिरै हानन्छिन् ।
सेल्फीकीङको परिचय बनाएका उनलाई गाडीमा यात्रा गरेको देखेर सबैले कलाकारको चर्चीत मान्छेको आफ्नै गाडी हुदैन र भनेर कौतुहलता प्रस्तुत गर्छन तर सेल्फीकीङलाई भने मनमा छटपटी हुन्छ । सेल्फीकीङ सल्लेरी त पुग्छन त्यहा पुगेपछि आफैले ईन्डष्ट्रीमा भित्राएका चेला उनले भेट्छन् दीपक ( अभय बराल) कुरैकुरामा सेल्फीकीङ गोपाल विपिन कार्कीले थाहा पाउंछन अरु सबै प्लेनमा आएको र पोष्टरमा समेत आफ्नो तस्वीर सानो राखेर प्रचार गरीएको जुन उनलाई सैह्य हुदैन र होटलमा पुगेपछि उनि साहारा लिन्छन धुम्रपान र मध्यपानको त्यसपश्चात उनि आयोजक र आफ्नै चेला अभय बराल संग आफ्नो असंतुष्टी पोख्दै लफडा गर्न थाल्छन् । जुन लमतन्ने दृश्य लाग्छ दर्शकलाई र किन सेल्फीकीङ जस्तो चर्चित कलाकारलाई आयोजकले प्लेनमा बोलाएन भन्ने कारण जान्न दर्शक खोजीरहेका हुन्छन तर कतै पत्तो हुदैन ।
अन्तत स्टेज कार्यक्रममा तयारीका साथ पुगेपछि यता घरबाट आफ्ना बुबाको दुखद खबर सुन्छन तत्पश्चात आयोजकलाई अनुरोध गर्छन काठमांडौ फर्कन तर आयोजकप्रति कुनै साहनुभुती देखिंदैन एकपटक भएपनि स्टेजमा उभिन आग्रह गरेपछि उनि स्टेजमा त पुग्छन तर प्रस्तुती दिन नसक्दा आफ्नो रोदन पोखीरहेका सेल्फीकीङ देखेर दर्शक हांसीरहेका हुन्छन् ।
अन्तत सेल्फीकीङ गोपाल काठमांडौ फर्कदा गाडी नपाएर समयमा आफ्नै बाबुको लाश भेट्न समयमा नआईपुग्दाको बियोगान्त क्षणले सबैलाई भावुक बनाउछ । बिशाल सापकोटाले निर्देशनमा डेब्युगरेको चलचित्र सेल्फीकीङमा केहीत्यस्ता अपशब्द जुन छन् ,त्यस्तै दृश्य निरन्तरतामा चुकेका छन् भने कुनै ठाउमा लमतन्न गफले दर्शकलाई झिजो लाग्छ । निर्माता निर्देशक दिनेश राउत र सुभाष थापाले निर्माण गरेको र बिशाल सापकोटाले निर्देशन गरेको सेल्फीकीङमा चलचित्रमा काम गर्ने केही कलाकारहरुको वास्तविक जिवनस्तरलाई उजागर गर्न खोजीएपनि केही कम्जोरी देखिन्छ , तर वियोगान्त कथामा सबैको मन भने पक्कै छुन्छ ।
फिल्म : सेल्फी किङ


