टानको आगामी भदौ २० गते हुन गैरहेको निर्वाचनमा अध्यक्ष् पदका लागि नेकपा निकट तिनवटै पर्यटकीय संगठनले कुमार थापालाई सर्बसम्मत उमेद्धवार बनाउने घोषणा गरेका छन ।
मदन आचार्य नेतृत्वको नेपाल राष्ट्रिय पर्यटन व्यावसायी संगठन, सिताराम सापकोटा नेतृत्वको पर्यटन व्यावसायी संगठन नेपाल र नवराज दाहाल नेतृत्वको नेपाल पर्यटन व्यावसायी संगठनले संयुक्त रुपमा थापालाई सर्बसम्मत उमेद्धवार बनाउने औपचारिक घोषणा गरेको हो । थापा टानका पूर्व कोषाध्यक्ष हुन ।


