‘पर्यटनमा गुरुङ, २०७६’ स्मारिका बिमोचन

२०७६ भाद्र १२, बिहीबार १८:१९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

जीटीनले आफ्नो सातौं वार्षिक साधारण सभा तथा दोस्रो अधिबेशको अवसरमा ‘पर्यटनमा गुरुङ, २०७६’ स्मारिकाको पनि विमोचन गरेको छ । जीटीनको यो पहिलो स्मारिका हो ।

जीटीनले आफ्नो स्थापनाको सात वर्षको अवधिमा भएका गतिविधि, नेपाली पर्यटन क्षेत्रमा गुरुङ व्यवसायीहरूको इतिहास र वर्तमान अवस्था, विज्ञहरुको लेखलाई समेटेर स्मारिका तयार पारेको हो । एकसय २४ पेजको स्मारिका संघीय सांसद पार्वत गुरुङ, पर्यटन विज्ञ एवं नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अधिकृत  गणेश गुरुङ, भारतको सिक्किम राज्यका पूर्वपर्यटन मन्त्री गर्ज गुरुङले विमोचन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय